जापानमा ज्वालामुखी विष्फोट, उच्च सतर्कता जारी (फोटो फिचर)
उत्तरी जापनको कुचिनोएराबु जीमा टापुमा ज्वाला मुखी विष्फोट भएपछि अधिकारीहरुले त्यहाँका बसिन्दालाई सुरक्षित स्थलमा जान सतर्क गराएका छन् । मानिसहरु ज्वालामुखीबाट बँच्न डुङ्गा चडेर नजिकैका टापु तिर गैरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीय समय अनुसार विहान १० बजेतिर माउन्ट शिन्डाके एक्कासी विष्फोट भएपछि आकाशमा धुवा र खरानीको मुस्लो उठेको थियो ।
जापानको मौषम विज्ञान विभागले सो क्षेत्रमा सबैभन्दा उच्च स्तरको सतर्कता जारी गरेको छ ।
जापानका टेलिभिजनले आकाशमा धुवाँको मुस्लो उडेका दृष्य प्रसारण गरेका छन् । कतिपय स्थानीलाई खरानी र लाभाले पोलेको समेत समाचारमा उल्लेख छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses