सीमा क्षेत्रमा बमबारी साउदी सीमा गार्ड मारिए
१७ जेठ, बेरुत ।

यमनको सिमानामा शनिबार भएको बमबारीमा परी एक साउदी गार्डको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका साउदी अरेबियाको गृह मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार शनिबार ६:३० बजे यमनको सीमाक्षेत्र जजान क्षेत्रको हर्थ महानगरपालिकामा भएको सो बमबारीमा परी साउदी अरेबियातर्फ गस्तीमा रहेका एक गार्ड मारिएको रियादस्थित गृह मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको   छ ।



रियादसँग आबद्ध संयुक्त गठबन्धनले इरानको समर्थन रहेको हुथी विद्रोहीविरुद्ध गत मार्चको अन्त्यबाट हवाई आक्रमण सुरु गरेयता साउदी सीमा क्षेत्रमा हाल मारिएका एक गार्डसहित कम्तीमा ३१ व्यक्तिको ज्यान गएको बताइएको छ ।

यमनतर्फबाट भएको आक्रमणमा यसरी मारिएका व्यक्तिमा सर्वसाधारण र सैनिकसमेत रहेका छन् ।

रियादसँग आबद्ध संयुक्त गठबन्धनले हुथी विद्रोही समूहसँग आबद्ध विद्रोहीलगायत यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहका समर्थक लडाकूविरुद्ध गत मार्च २६ बाट हवाई आक्रमण सुरु गरेका थिए ।

सो हवाई आक्रमण यमनका राष्ट्रपति आबेदराब्बो मन्सुउर हादीलाई पुनः फर्काउने प्रयासमा जारी रहेको बताइएको छ ।
विद्रोहीहरू यमनको राजधानीमा गत सेप्टेबरदेखि नै अतिक्रमण गर्नुका साथै यमनका राष्ट्रपति हादीलाई कब्जामा लिएका थिए ।

हादीपछि भागेर साउदी अरेबियाको शरणमा जानुभएको थियो । हादीको अनुरोधमा साउदी अरेबियाले हुथी विद्रोही र यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहका समर्थक लडाकूविरुद्ध हवाई आक्रमण सुरु गरेको थियो ।

यमनमा हप्तौँदेखि जारी सरकार समर्थक र विद्रोही बलबीच भएको झडपमा परी करिब दुई हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

त्यसैगरी जारी सो द्वन्द्वका कारण पाँच लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले हालै जारी एक प्रतिवेदनमा जानकारी दिएको छ । रासस÷एएफपी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.