यी हुन् आफ्नै मासु पकाएर खाने व्यक्ति
 (एजेन्सी)–नर्वेका यी २५ वर्षीय अलेक्जेन्डर सेल्विक वेंगशोइल आर्टका विद्यार्थी हुन् । उनले आफ्नै शरिरको मासु पकाएर खाएर निकै घिनलाग्दो काम गरेका छन् ।

आफ्नै मासु खाइसकेपछि उनले यसको स्वादको बारेमा पनि मानिसहरुलाई बताए । अलेक्जेन्डरले भने कि उनको हिपको मासुको स्वाद जंगडी भेडाको जस्तो छ ।
अलेक्जेन्डर आफ्नो हिपको विकृत हड्डीबाट निकै तनावमा थिए । यो हड्डीका कारण उनी राम्रोसँग हिँड्न सक्दैनथे । उनी ह्विलचेयरमा हिँड्ने गर्दथे । चार वर्ष पहिले उनले त्यो हड्डीको अप्रेसन गरे । अप्रेसनपछि आएको त्यो हड्डी र त्यसमा भएको मासुको मदतले आर्ट बनाउने मनसाय उनले डाक्टरहरुसमक्ष्म पोखे र त्यसलाई घरमा ल्याए ।

घरमा ल्याइएका मासु र हड्डीलाई जब उनले काटे तब उनको मनसाय नै बदलियो । आफ्नो मासुको स्वाद चाख्ने यो नै एकमात्र मौका भएकाले हिपको मासु आलुसँग मिसाएर पकाए अनि खाए ।
चारवर्षको घटना अहिले खुलासा गरेपनि उनलाई यसको कुनै पनि पछुतो भएको देखिँदैन । आजकाल उनी आफ्नो आर्टको प्रदर्शन गर्नमा नै व्यस्त छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.