मलमासमा के गर्न हुन्छ के गर्न हुँदैन ?
मलमासमा सबैभन्दा प्रभावित विवाह गर्न चाहने र भर्खरै विवाह गरेका जोडीहरु हुन्छन् । मलमासको समयमा नवविवाहित जोडी सँगै बस्न नहुने विश्वास गरिन्छ ।
मलमासको समयमा भगवान शिवको पुजा आराधाना गर्नु फलदायी मानिन्छ । विद्वानहरुका अनुसार हरेक ३ वर्षमा अधिक मास हुन्छ । वर्ष सौर र चन्द्र मासमा विभाजित हुन्छ ।
एक सौरमासमा ३६५ दिन ६ घन्टा हुन्छ भने एक चन्द्रमासमा ३५४ दिन नौ घन्टा हुन्छ । चन्द्रमासमा सूर्य सङ्क्रान्ति नपरेमा अधिकमास पर्छ । सौरमास र चन्द्रमासमा समीकरण मिलाउन अधिकमासको परिकल्पना गरिएको शास्त्रमा उल्लेख छ । यस्तो अवस्था ३२ महिना १६ दिनमा अर्थात हरेक तीन वर्षमा एक पटक आउँछ । सौर मास १२ हुन्छन भने राशि पनि १२ हुन्छन् । अव दुई पक्षमा पनि सक्रान्ति पर्दैन तव अधिक मास मानिन्छ ।
मलमासमा भगवान वष्णुको पुजा गर्नु पनि राम्रो मानिएको छ । असार महिनामा मलमान पर्ने संयोग दशकौं पछि परेको हो । यस अघि सन् १९९६ मा मात्र यस्तो संयोग परेको थियो । अव सन् २०३५ मा मात्र यस्तो हुने छ ।
मलमासकै कारण यस पटक चाडपर्व भने पछि पुगेका छन् । अधिक मासको समयमा विवाह, गृहप्रवेश, ब्रतबन्ध लगायतका धार्मिक कृत्य गर्न नहुने बताइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :





0 comments
Write Down Your Responses