चीनले भन्यो- नेपालमा बाह्य हस्तक्षेप सहन सक्दैनौं
हिमाल, पहाड र तराईलाई अलग गर्न नहुनेमा जोड
काठमाडौं, १२ कात्तिक । चीनले नेपाललाई हेर्ने आफ्नो धारणा पहिलो पटक सार्वजनिक गरेको छ ।
भारतको अघोषित नाकाबन्दीपछि चीनले नेपालमा बाह्य हस्तक्षेप सहन नसकिने जनाएको हो । उसले नेपालमा भौगलिक अखण्डता हुनुपर्नेमा जोड दिएको छ । अर्थात नेपाललाई एक अर्काे जातको नाममा टुक्रयाउन नहुने धारणा बाहिर ल्याएको हो ।
भारततर्फ संकेत गर्दै चीनले दक्षिणको छिमेकीले संविधानमा संशोधन गरी सीमांकनमा हेरफेर गर्न र तराईका अन्य जिल्लाहरुलाई मधेस प्रदेशमा गाभ्न नेपाललाई दबाव दिइरहेकै बेला नेपालको भौगोलिक अखण्डतामा जोड दिएको हो ।
जसअनुसार नेपालको हिमाल पहाड तराई जोडिनुपर्ने चाहना चीनले राखेको छ । साथै नेपाललाई राष्ट्रिय स्वतन्त्रता, सम्प्रभुता र भौगोलिक अखण्डता कायम राख्न चीनको समर्थन रहने विहीबार चिनियाँ विदेश मन्त्रालयले स्पष्ट पारेको हो । नेपालको विकासका लागि चीनको सहायता पनि जारी राख्ने भनाई चिनियाँ विदेश मन्त्रालय प्रवक्ता लु खाङले विहीबारको नियमित पत्रकार सम्मेलनमा राखे ।
उनले नेपालका नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ दिँदै नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतामा चीनले समर्थन जनाउने बताए । भौगलिक अखण्डतामा जोड दिएको चीनले भारतको सहयोगमा नेपालको तराईमा एक प्रदेश बनाउनुपर्ने मागको विरोध गरेको हो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.