नाम ज्योतिष, काम यौनधन्दा
आचार्यले ज्योतिषीको भेषमा एक १६ वर्षीय किशोरमाथि यौनदुराचार गरेको खुलासा भएको छ । र, उनी अहिले प्रहरी नियन्त्रणमा छन् । आचार्यले नक्साल भाटभटेनीनजिकै कोठा भाडामा लिएर १६ वर्षीया किशोरीलाई बन्धक बनाई मुखमैथुन गर्ने गरेको खुलासा भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ललितपुर गोदावरीका आचार्यले विभिन्न चलचित्र व्यवसायीसमेत आचार्यको कोठामा फिल्मको नाम जुराउनेदेखि कहिले हलमा लगाउने सम्म हेराउन पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले आचार्यलाई सोमबार पक्राउ गरेको हो।
पीडित १६ वर्षीय किशोरलाई कोठामा बन्धक बनाएर आचार्यले मुख मैथुनदेखि अप्राकृतिक यौनसम्पर्क गर्दै आएको प्रमाण प्रहरीले फेला पारेको छ ।
१६ वर्षमुनिका बालबालिकाको हकमा यौनदुराचारको घटनामा मुद्दा चल्न मिल्ने भएकाले आचार्यविरुद्ध प्रहरीले सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको जानकारी पोखरेलले दिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses