जबरजस्ती सेक्स गर्न खोजेपछि श्रीमतीको कुटाईबाट एक पुरुषको ज्यान गयो
काठमाडौं, ८ असार । आफ्नै श्रीमतीको कुटाईबाट डोटीमा एक पुरुषको ज्यान गएको छ ।
घरायसी झगडामा आफ्नै श्रीमतीले धकेल्दा डोटी छतिवन–२ बुडर बस्ने ३३ बर्षीय बलविर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका विकले सोमबार राति २८ बर्षीया श्रीमती हरिना विकसंग झगडा गर्दा हरिनाले कोठाबाट बाहिर धकेल्दा आँगनमा पल्टेर विकको घटनास्थलमै मृत्यु भएको थियो ।
बलबिरले मदिराको नसामा हरिनासँग शारीरिक सम्पर्क राख्न खोजेका थिए, तर उनले मनाही गरेपछि झगडा सुरु भएको थियो । घटनापछि प्रहरीले हरिनालाई पक्राउ गरेको छ ।
-------------------------------------------------------------------------------------------------------------------------

               यस्तै, आफ्नै श्रीमानले पिर्का प्रहार गर्दा रुपन्देही सुर्यपुरा –९ बस्ने ३२ बर्षीया इन्द्रवती ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।

गएराति घरायसी झगडामा ३६ बर्षीय शिवनाथ ठाकुरले काठको पिर्काले टाउको र मुखमा प्रहार गर्दा उनको मृत्यु भएको हो । शिवनाथ ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.