नक्कली प्रचण्डलाई भेट्न पुगे सक्कली प्रचण्ड
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, भूकम्पमा परी घाइते भएका चर्चित हास्य टेलिश्रिङ्खला ‘मेरी बास्सै’का कलाकार घनश्याम गौतमलाई भेट्न हिजो उनकै घर सूर्यविनायक पुगे।
मेरी बास्सै टेलिश्रिङ्खलामा घनश्यामले प्रचण्डकै क्यारिकेचर गर्छन्।
भुकम्पमा परि घनश्यामको देब्रे हात भाँचिएको छ। उनको पत्नी युगज्योतिको खुट्टा भाँचिएको छ। कटुन्जेमा रहेको गौतमको घर पनि भुकम्पले भत्काएको थियो।
गौतम, देशका एक ठुला नेता आफुलाई भेट्न आएकोमा खुसी मान्दै आफ्नो कलाकारिताको सम्मान भएको बताउँदै थिए।
प्रचण्ड केही बेर आफ्नै क्यारिकेचर गर्ने कलाकार गौतमसंग समय बिताएर उनको शिघ्र स्वास्थ्यलाभको कामना सहित राहत वितरणमा फर्केका थिए।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses