समातिइन् तुलसा बस्नेत, गइन् जेल
अदालतले ३३ लाख रुपैयाँ बिगो भर्न आदेश दिए पनि काठमाडौँमा लुकेर बस्दै कान्तिपुर दैनिकमा लेख लेख्ने तथा विभिन्न टेलिभिजनमा समाचार शाखामा काम गर्दै आएकी मकवानपुरकी तुलसा बस्नेत पक्राउ परेकी छन् । उनीसँगै प्रहरीको सिआइबीले मकवानपुर, पालुङ–९ का ५८ वर्षीय हरि बस्नेतलाई पनि पक्राउ गरेको छ ।
बस्नेतलाई मकवानपुर जिल्ला अदालतको २७ जेठ ०७१ मा ३२ लाख ९३ हजार ८ साय २४ रुपैयाँ १८ पैसा जरिवाना र तीन वर्ष कैद फैसला गरेको थियो । तुलसी कुमारी बस्नेत लाई सोमबार अनामनगरबाट र हरि बस्नेतलाई मंगलबार नयाँ नैकापबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।
बस्नेतल ०६२ देखि मकवानपुर दामन–५ मा पालुङ बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरी संचालक समितिको पदाधिकारीको रुपमा रहेर एक हजार एक सर्वसाधारणाई विभिन्न प्रलोभन देखाई ठगी गरेका थिए । उनीहरु बचतकर्ताको तीन करोड ६२ लाख ३२ हजार छैसट्ठी रुपैयाँ ठगी गरेर फरार भएका थिए । सहकारीले पैसा फिर्ता दिन नसकेपछि २० पुस ०६९ मा मकवानपुर जिल्ला अदालतमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरमार्फत सञ्चालक समितिका पदाधिकारीउपर ठगी मुद्दा दायर भएको थियो ।
काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार सजाय भुक्तानका लागि बस्नेतलाई मंगलबार केन्द्रीय कारागार चलान गरिएको छ । तुलसा बस्नेत कान्तिपुरमा बेलाबखत लेख लेख्थिन भने पछिल्लो समय उनी सगरमाथा टेलिभिजनमा कार्यरत रहेको बताइएको छ ।
उसो त मकवानपुरको प्रतिध्वनि एफएममा स्टेसन म्यानेजर रहेका उनी सहकारी ठगीमा फरार भनेर मिसन न्युज बनाइएको माउन्टेन टेलिभिजनमा समाचार शाखामा काम गर्ने बलशाली पत्रकार पनि बनिन् । रेडियो नेपाल, नेपाल टेलिभिजनमा पनि काम गर्ने भन्दै परिचय पत्र देखाउने उनी गायिकाको परिचय पनि दिन्थिन् । उनका दाजु तथा प्रतिध्वनि एफएमका अध्यक्ष एवम सहकारी अध्यक्ष रामबहादुर बस्नेत अहिले पनि फरार छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses