मोस्ट वान्टेड लुटेरा हतियारसहित पक्राउ
काठमाडौं: उपत्यकामा भएका विभिन्न लुटपाट तथा सवारी चोरी गर्ने घटनामा संलग्न मोस्ट वान्टेड तीन जना लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले रामेछाप दोरम्वा-१ का टीका भनिने तेज बहादुर तामाङ र रामेछापकै प्रकाश भनिने तेज बहादुर तामाङलाई बल्खुबाट, रत्नगर नगरपालिका-१का प्रेम महतो चौधरीलाई चितवनबाट पक्राउ परेको हो।
प्रहरीले उनीहरुबाट चोरी र लुटपाट गरी लगेको सामानहरु काठमाडौं र मकवानपुरबाट बरामद गरेको छ।
यसका साथै काठमाडौंको विभिन्न आठ स्थानबाट मोटरसाइकल चोरेको, एक ठाउँबाट बलेरो गाडी चोरेको तथा चार बढी स्थानबाट लुटपाट गरेको बताएको छ।
उनीहरुमाथि काठमाडौंको ग्लोबल आइएमइ बैंक अगाडीवाट सरस्वती आचार्यको रु १८ लाख ८४ हजार सहितको ब्याग लुटेको, का.जि. कपन वस्ने प्रेरणा राईको रु १ एक लाख ५५ हजार रकम लुटेको आरोप छ। लुटपाटको घटनामा संलग्न उनीहरुमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses