नायिका प्रियंका कार्की माथी भूकम्पको नाममा उठाएको पैसाले कार किनेको आरोप
विनाशकारी भूकम्पले हजारौको ज्यान लियो, हजारौ घाइते भए र लाखौ घरबार बिहिन भए , महाभूकम्पको मारमा परेकाहरुलाई कैयन देशी -बिदेशी हरुले सहयोग गरे र गर्दैछन । यस्तैमा नेपाली कलाकारहरुले पनि सक्दो सहयोग जुटाएका तथा आफैले पनि सहयोग गरेका छन्। तर यो हप्ता एक जना चर्चित नेपाली चलचित्रका हिरोइनलाई भने भुकम्प पिडितको नाममा उठाइएको रकम बाट कार किनेको आरोप लागेको छ ।


कुरा हो नायिका प्रियंका कार्कीको, झोले, नाइँ नभन्नु ल २ र नाइँ नभन्नु ल ३ जस्ता सफल चलचित्र बाट छोटै समयमा स्थापित नायिकाको रुपमा उभ्याउन सफल यी नायिका अहिले भने भर्खरै किनेको नया कारको कारण जघन्य आरोप खेपिरहेकी छिन । प्रियंका कार्की भूकम्प पश्चात भूकम्प पिडित हरुको सहयोगार्थ यु के मा आयोजित बिभिन्न नेपाली कार्यक्रमहरुमा सरिक भएकी थिइन्। यू के बाट फर्के पछि केहि संचार माध्यममा प्रियंका ले आफ्नै कमाइले नया कार किनेको सकारात्मक समाचारहरु आएका थिए ।

प्रियंका स्वयमले भने जून १९ तारिखमा फेसबुक मार्फत शेयर गरेकी थिइन् यस पश्चात बिभिन्न व्यक्तिहरुले प्रियंकाले यू के मा भूकम्प पिडित को लागि कति उठाइयो र कहाँ खर्च गरियो कि त्यहि पैसाले आफ्नो लागि नया कार किनेको त हैन ? भनि प्रश्न तेर्स्याएका छन । , जून एक चर्चित नायिकाको लागि एक दमै गम्भीर आरोप हो । तर प्रियंकाले भने आफ्नो फेसबुक स्ट्याटस सच्याएर उक्त कार भूकम्पको २ दिन अघिनै किनेको बताएकी छिन । के थाहा प्रियंकाले आफ्नो सच्चाइ प्रमाणित गर्न कार किनेको मिति देखिने बिल समेत देखाउनु पर्ने हो कि ?
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.