मिनेन्द रिजाललाई नयाँ घर बनाईदिने कबोलेर राई विकास बोर्डमा
काठमाण्डु, ८ असार करिब डेढ वर्षको दौडधुपपछि चलचित्र निर्माता राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्ष बन्न सफल भएका छन् । सञ्चारमन्त्री मिनेन्द्र रिजालको नयाँ घर निर्माणको जिम्मा लिएपछि उनले अध्यक्ष हुने अवसर पाएका हुन् ।
मन्त्री रिजालले बालुवाटारमा नयाँ घर बनाउँदैछन्। घर बनाउन चाहिने सिमेन्ट, रडलगायत सम्पूर्ण सामानको व्यवस्था गरिदिने सर्तमा राई बोर्डमा अध्यक्ष भएको स्रोत बताउँछ  । कांग्रेस नेतृत्वमा सरकार गठन भएलगत्तै उनी बोर्ड अध्यक्ष हुने दौडधुपमा थिइ । तर कसैले उनलाई पत्याएनन् । पछि मन्त्री रिजालसँग गोप्य डिल मिलेपछि उनी अध्यक्ष भएको चलचित्र निर्माताबीच चर्चा छ ।
–दृष्टि साप्ताहिकबाट  ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.