रामवरणलाई शितलनिवासबाट राजनीति नगर्न ओलीको चेतावनी

काठमाण्डु, ८ असार –नेकपा एमालेका अध्यक्ष केपी ओलीले सेरेमोनियल पद भएकाले राष्ट्रपति डा रामवरण यादवलाई अनावश्यक राजनीति नगर्न चेतावनी दिएका छन् ।
एक साता लामो उपचारपछि थाइल्याण्डबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले दलहरुले गरेको १६ बुँदे सहमति रोक्ने खेलमा लागेको भन्दै राष्ट्रपतिलाई राजनीतिमा नलाग्न आग्रह गरेका हुन् ।
ओलीले १६ बँुदे सहमति लगत्तै राष्ट्रपति यादवले केही दलका नेताहरुलाई भेटेर आफू संविधानको संरक्षक रहेकाले संविधान अनुसार नै दलहरु अघि बढ्नुपर्ने बताएका थिए ।
‘राष्ट्रपति पद सेरेमोनियल हो । यसबारे उहाँलाई पनि थाहा छ ।’ ओलीले भने, ‘उहाँले राजनीतिक दाउपेचमा नलागे हुन्छ ।’
ओलीले सर्वोच्चका फैसला आउँदैमा संविधान निर्माणका लागि बनेको वातावरण नबिग्रिने बताए ।
उनले अदालतको फैसलामा राजनीतिक स्वार्थ मिसिएपनि निक भविष्यमै संविधान जारी हुने दावी गरे ।
अध्यक्ष ओलीले केही प्रमाणपत्रधारी विद्वानहरु सरकारलाई पैसा नदिनु भन्दै दाता भड्काएको आरोप लगाए ।
उनले वुजु्रकहरुले दातालाई भड्काएर आफ्नो स्वार्थ पूरा गर्न खोजको आरापसमेत लगाए ।
उनले भने, ‘डोनरले सरकारलाई पैसा नदिएर उनीहरुलाई दिने हो ?’


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.