बिहे गरेको दुई दिनमै छोरी जन्मेपछि बेहुला बेहोस…
असार 8, कानपुर । भारतको देहात जिल्लामा एक बेहुली बिहेको दोस्रो दिनमै सुत्केरी भएकी छन् । बिहेको दुई दिनपछि नै उनले छोरी जन्माएपछि उक्त जिल्लाको डेरापुर इलाकाभर सनसनी फैलियो ।
गाउँ पञ्चायतले तुरुन्तै बेहुली पक्षलाई बोलाएर बिहे रद्द गरिदियो । दाइजोमा आएका सामान र बेहुली फिर्ता पठाइदियो । समाचारहरुमा बताइए अनुसार उनीहरुको विवाह ३१ मे मा भएको थियो ।
बिहेको भोलिपल्टै २० वर्षीया बेहुलीले आफ्नो पेट दुखेको बताएकी थिइन् । तेस्रो दिन अस्पताल लैजाँदै गर्दा बाटैमा उनी सुत्केरी भएकी थिइन् । नवविवाहित श्रीमतीले दुई दिनमै चमत्कार गरेपछि बेहुला बेहोस भएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.