अण्डाको मूल्य बढ्यो
नेपाल अण्डा उत्पादक संघले आजदेखि लागु हुनेगरी अन्डाको उपभोक्ता मुल्य प्रतिगोटा २ रुपैया बढाएको छ । यसअघि प्रतिगोटा १२ रुपैया रहेकोमा बैशाख १२ को बिनासकारी भुकम्पपछि पिडितलाई राहत होस् भनेर प्रतिगोटा ४ रुपैया घटाएर ८ रुपैया कायम गरेको संघले आजदेखि लागु हुनेगरी प्रति गोटा १० रुपैयाँ पुरयाएको हो ।
केहि समय भुकम्प पीडितलाई राहत होस् भनी मुल्य घटाए पनि किसानबाट अत्याधिक घाटा भएको गुनासो आएपछि मुल्य बढाइएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष सिबराम केसीले जानकारी दिए ।
भुकम्पका बेला कतिपय कुखुरा फार्म नै नष्ट भएको, दानाको आपुर्ति सहज नहुँदा समस्या भएको तथा कुखुराजन्य पदार्थको माग नै घटेर व्यबसायी समस्या परेकोले अण्डाको मुल्य बढाउनु परेको नेपाल कुखुरा व्यबसायी मन्चका कार्यकारी अधिकृत शिब प्रसाद बरालले बताए ।
उनका अनुसार प्रतिगोटा चार रुपैया छुट दिदाँ व्यबसायीले दैनिक ८० लाख रुपैया घाटा व्यहोरेका थिए । नेपालमा दैनिक ९ हजार पाँच सय अण्डा उत्पादन हुने गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses