हस्ताक्षरबाट पत्ता लगाउन सकिन्छ मानिसको स्वभाव
मानिसहरुको हस्ताक्षरबाटै उसको स्वभाव पत्ता लाग्ने बताइन्छ । कसरी पत्ता लगाउन सकिन्छ त हस्ताक्षरबाट मानिसको स्वाभाव ? ज्योतिषका अनुसार जसले हस्ताक्षरको सुरुको अक्षर ठुलो लेख्छ उ निकै प्रतिभावान मानिस हुन्छ । यस्ता खालका मानिसहरु जुनसुकै काम पनि फत्ते गर्छन् । पछिल्ला अक्षरहरु सानो सानो बनाउदै हस्ताक्षर गर्ने मानिसहरु विस्तारै सुखसयलमा जिन्दगी विताउन पाउँछन् ।
जसले छिटोछिटो सही गर्छन् र उसको अक्षर कसैले बुझ्न सक्दैनन् भने ती मानिसहरुले जिन्दगीमा सुख पाउँदैनन् । उनीहरुले विभिन्न समास्यहरु भोग्नुपर्छन् । यिनीहरु काममा निकै खट्छन् । यस्ता मानिसहरुले अरुलाई पनि धोका दिन्छन् । तर, अरु मानिसहरुले भने उनीहरुलाई धोका दिन सक्दैनन् ।
तोडमोड र अलगअलग गरी हस्ताक्षर गर्नेहरु चलाख हुन्छन् । यस्ता मानिसहरुले नोक्सानसमेत पुराउनेगर्छन् ।
जसले कलात्मक हस्ताक्षर गर्छन् । उनीहरु रचनात्मक स्वभावका हुन्छन् । यिनीहरु जुनसुकै काम पनि कलात्मक ढंगले गर्छन् । यस्ता मानिसहरु कलाकार हुन्छन् ।
हस्ताक्षरको मुनि रेखा तान्ने मानिसहरु काँतर स्वभावका हुन्छन् । उनीहरु जहिलेपनि असुरक्षित महसुस गर्छन् । यस्ता मानिसहरु लोभि पनि हुन्छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses