फेसबुकबाट सुरु भएको प्रेम विवाह मण्डपमा यसरी भताभुङ्ग भयो (फोटोफिचरसहित)
दुई वर्षअघि फेसबुकबाट सुरु भएको प्रेम जब विवाह मण्डपको सात फेरासम्म पुग्यो तब फेरो लिनुअघि भारतको लखनउ निवासी बेहुला भुपिन्दर कुमारले पाँच लाख दाइजो माग गरे ।
यसबाट बेहुली भने डराइनन् । उनले हिम्मतका ासथ बेहुलालाई भनिन् –तिमी यहाँबाट गइहाल । जब हंगामा सुरु भयो तब बेहुला जन्ती लिएर टाप कसे । जाँदादाँदै बेहुलाले विवाह समारोहमा लगाइएको तस्वीर पनि लिएर गए । घटनाबारे जानकारी पाएपछि स्थानीय प्रहरी पनि घटनास्थल पुग्यो । दुलहीसँग बयान लिएर प्रहरीले बेहुलाविरुद्ध मुद्दा दर्ता गरायो ।
हरिपुरा निवासी ज्योति भगतको करिब दुई वर्षअघि फेसबुकको माध्यमबाट भूपिन्दरसँग मित्रता कायम भएको थियो । दुवै बीच फेसबुक च्याटिङ सुरु भयो । केही दिनमै उनीहरुबीच अफेयर सुरु भयो । उनीहरुले एकअर्काका लागि मर्ने बाँच्ने र मर्ने कसम पनि खाए ।
आरोपी भूपिन्दरले ज्योतिलाई आफू लखनउ फैजावाद निवासी भएको र अहिले न्युजिल्याण्डमा बस्दै आएको बताएका थिए । विवाहपछि ज्योतिलाई पनि न्युजिल्याण्ड लैजाने बताएका थिए । ज्योतिले पनि आरोपीको विश्वास गरिन् । दुवैबीच प्रेम गहिरिँदै गयो । ज्योतिले तीन महिनाअघि मात्र भूपिन्दरका बारेमा आमाबाबुसँग कुरा गरिन् । ज्योतिका आमाबाबुले पनि विवाहका लागि आफ्नो सहमति दिए ।
आरोपीले ज्योतिका आमाबाबुसँग फोनमा कुरा गर्दै विवाहको तयारी गर्न भने । २१ अप्रिलका दिन विवाहका लागि साइत पनि तय भयो । करिब एक महिना पहिला मात्र आरोपी ज्योतिसँग भन्न लागे कि यदि विवाहपछि आफूसँग न्युजिल्याण्ड जाने भए त्यसका लागि ९ लाख रुपैयाँ लाग्नेछ । तर त्योतिले त्यतिधेरै पैसा दिन नसक्ने बताइन् ।
कुरा चल्दाचल्दै विवाहको दिन नजिकिँदै थियो तब ज्योतिका पिता साढे दुई लाख दिन पनि तयार भए । मंगलबार भूपिन्दर जन्ती लिएर आए । विवाहको विधि पनि सुरु भयो । तर, जब सात फेरा लिने समय आयो तब बेहुलाले पाँच लाख दिए सात फेरा लिने अन्यथा नलिने बताए । यो सुनेर ज्योतिले तत्काल आफ्नो हुने वाला जीवनसाथीलाई त्यहाँबाट गइहाल्न भनिन् । एजेन्सी

,

0 comments

Write Down Your Responses

Powered by Blogger.