सुनको भाउ अझै घट्ने
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन एकैदिन १५ सय रुपयाँ सस्तो भई प्रतितोला ४८ हजार रुपैयाँमा किनबेच भएको छ । असार १ गते सुन प्रतितोला ४८ हजार रुपैयाँभन्दा कम थियो । महासंघ अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारभाउमा आएको गिरावट र सरकारले भन्सारदर समेत घटाएकाले नेपाली बजारमा सुन सस्तो भएको बताए ।
‘अन्तर्राष्ट्रिय बजारभाउ घट्दो क्रममा छ , सरकारले भन्सार दरसमेत घटाएकाले सुन धेरै सस्तो भएको छ,’ उनले भने । सरकारले ०७२–७३ को बजेटमार्फत सुनको भन्सार दर प्रति १० ग्राम ५२ सय रुपैयाँबाट घटाएर ४२ सय रुपैयाँ कायम गरेको छ । अमेरिकाको फेडरर रिजर्भ बैंकले ब्याजदर व्याजदर बढाउने संकेत गरेपछि लगानीकर्ता डलरतर्फ केन्द्रित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको हो ।
बैंकका गभर्नरले संसद्मा व्याजदर बढाउने संकेत गरेका थिए । यसैगरी, रुसको चुलिँदो आर्थिक संकट, चीनको केन्द्रीय बैंकको रिजर्भ सार्वजनिक हुनुलाई पनि सुनको भाउ घट्नुका कारक मानिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन बुधबार प्रतिऔंस ०.८ प्रतिशतले घटेर ९२.२० प्रतिशतमा झरेको छ । सन् २०१० मार्चमा अन्तर्राष्ट्रिय सुन बजारभाउ यही दरमा थियो । आजको कारोबार दैनिकमा खबर छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses