राजेश हमालसंग बेड सिन दिन मन छ : अभिनेत्री सुस्मिता
त्यसपछी एक पछी अर्काै गर्दै उनले गायक प्रमोद खरेलको आवाजमा रहको आधुनीक गित ‘धर्तीमा रहेर’ र रजिना रिमालको स्वरमा रहको भगवानले दिएको जन्म घर त पराई भयो ’ भन्ने गितमा अभिनय गरीन् ।
अभिनय क्षेत्रमा लागेको छोटो समयमै चौतर्फी चर्चाब टुल्न सफल उनले पछिल्लो समय अभिनय गरेको अहिले कमेडी गित ‘ कुकुर भुके भुक्छ ’ भन्ने गित धेरैनै रुचाईएको छ । हाल समम दुई दर्जन मुजिक भिडीयोमा अभिनय गरीसकेकी उनले नेपाली ‘फिल्म टाईम नेभर कम ब्याक ’को सुटिङ सिध्याएकी छिन् ।
उत्कृष्ट अभिनय र कलात्मक प्रस्तुती क्षमता भएकै कारण उनले अहिले हिन्दी सिरियलमा समेत अभिनय गर्ने अवसर पाएकी छन् ि। उनिद्धारा अभिनित सिरियल सुरक्षा भारतबाट प्रसारण हुने लोकप्रिय च्यानल कर्लसबाट छिट्टै प्रदर्शनमा आउन लागेको उनले बताईन् । महिलाले पनि समाजको सुरक्षा गर्न सक्छ भन्ने सन्देश दिईको नारी प्रधान सिरियल सुरक्षामा उनलाई मुख्य भूमिका देख्न पाईने छ । नेपालमा पनि धेरै म्युजिक भिडीयोमा अभिनय गर्ने अफर आएपछि छानेर उत्किृष्टमा मात्र काम गर्ने बताउने उनै अभिनेत्री सुस्मितासंगै गरिएको कुराकानीको केही अंश :
० अहिले नेपाली सिनेमामा सेक्स निकै विक्न थालेको छ, तपाइलाई कति आए यस्ता प्रस्ताव ?
– प्रस्ताव आउनु त सामान्य नै हो । धेरै प्रस्तावलाई मैले स्वीकार गर्न सकिन्। समाजलाई यसले राम्रो गर्छ जस्तो लाग्दैन र त्यस्तो चरित्रमा न्याय गर्न सक्छु भन्ने पनि लागेन् ।
० त्यसो भन्दा भोली सिनेमा नै नपाइएला नी?
– मेरो क्षमतामाथि मलाई विश्वास छ, त्यस्तै सिनेमा मात्र खेल्नु पर्छ भन्ने छैन। अरु धारका सिनेमा पनि वनिरहेका छन् म त्यस्ता सिनेमा खेल्न चाहन्छु। अफर नआउला कि भन्ने लाग्दैन।
० सिनेमा उद्योगमा आउनुको कारण ?
– खास कारण केही पनि छैन, म यो क्षेत्रमा आउँछु भन्ने पनि लागेको थिएन। अभिनयप्रतिको लगाव र मेहेनतले नै यहाँसम्म आएको हो।
० भिडियोमा हेरेकालाई दर्शकले सिनेमामा पत्याउदैनन् भन्छन् नि?
– त्यस्तो होईन। भिडियोमा काम गर्नु र सिनेमामा काम गर्नु भनेको कलाकारिताको दुई पाटो नै हो। राम्रो कलाकारलाई जहाँ पनि रुचाउँछन् । त्यैले त हिन्दि सिरियलमा पनि मौका पाएकी छु ।
० तपाईले सोंचेजस्तो रहेछ त सिनेमा उद्योग ?
– धेरै कुरा सुनेकी थिएँ मैले। राम्रो पनि सुने नराम्रो पनि। मुख्य कुरा आफैंमा भर पर्ने हो। समय र परिस्थितीले पनि गलत वनाउँछ ।
० यो क्षेत्रमा जति पनि हल्ला सुनिन्छ ती के हुन त?
– यो देखाउने ठाउँ हो, राम्रो भन्दा नराम्रो कुरा चाँडो फैलिने भएकाले पनि यस्तो भएको हो। दर्शकको आँखामा पर्दा लागेको छ, यो पर्दा हटाउन जरुरी छ। यहाँ फ्यान चलाएर पनि हावा चलाउन सकिन्छ।
० केही नायिकाको भुमिका र व्यवाहरले यो क्षेत्रलाई नै धक्का लागेको पनि भन्छन नी?
– क्षेत्रको अभाव भएकाले पनि उहाँहरूलाई यस्तो भएको हो । क्षणिक मात्र हो।
० सवैभन्दा मिठो पकाउने खानेकुरा?
– मलाई माछा मिठो पकाउछु।
० पहिलो प्रेम याद छ?
– छैन् त्यस्तो। सानो छँदादेखि नै मलाई राजेश हमाल मन पथ्र्र्यो ।
० प्रेम प्रस्ताव त आए होलान नि?
– साथीहरूले त मनपराउने कुरा मात्र हो।
० राजेश हमालको के कुरा मनपर्छ?
– उहाँको व्यक्तित्व र हाईट पनि।
० कस्तो युवकले आकर्षण गर्छ?
– आर्कषक ब्यक्तित्वले नै। यतिले मात्र पुग्दैन, हरेक कुरामा परफेक्ट हुनुपर्छ।
० त्यस्तो मानिस फेला परेको छैन ?
– अहिलेसम्म त त्यस्तो कोही भेट्न सकेको छैन्।
० अव कस्तो सिनेमा खेल्ने रहर छ?
– यस्तो कथा होस, जहाँ म अभिनय गर्ने पात्रले जीवन परिवर्तन गरिदियोस्।
० विहे कहिले गर्ने त?
– सोंचेकै छैन, अहिल्यै के को हतार भो र पहलिा करियर त बनाउ ?
० राजेश हमाल त खुव मन पर्दोरहेछ, हमालसँग बेड सिनको अफर आयो भने गर्ने हो?
– मन पर्यो भन्दैमा सवै कुरा गर्नु पर्छ भन्ने छैन्।
० सिनेमा क्षेत्रलाई सम्मानजनक वनाउन के गर्नु पर्ला जस्तो लाग्छ?
– जो पनि कलाकार वन्ने, कसैले पैसा लगानी गरेर आउन सक्ने हुन्छ यहाँ। यसैले एउटा दायरमा वनाउनु पर्छ जसले गर्दा कलाकारलाई यहाँ आउन धेरै कुराको आवश्यकता होस, ती पुरा भएपछि मात्र कलाकार बन्न पाउने अबस्था होस्।
अन्त्यमा, सेक्स सिनेमामा अभिनय गर्न तल्लिन भइरहेका समकालिन नायिकाहरूलाई के भन्नुहुन्छ?
– कलाकारितालाई मजाकको रुपमा नलिनुहोस् । यसलाई सम्मान गर्नुहोस्। अनि मात्र यसले तपाईलाई सम्मान दिन्छ । गलत कदम चाल्दै हुनुहुन्छ भने, घरमा वसेर ऐना हेर्नुहोस् र सोच्नुहोस्। या वेलुका गएर मैले आफुलाई ऐना मा हेर्नुपर्छ भनेर सोच्नुहोस, तपाईको कदम आफै रोकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses