rochak,
world
»
रगत चुसाएर व्यापार गर्ने महिला ! (फोटोफिचर)
रगत चुसाएर व्यापार गर्ने महिला ! (फोटोफिचर)
न्यूयोर्क । सुन्दा अचम्म लाग्न सक्दछ तर यो सत्य नै हो । अमेरीकाको लुसियानामा बसोबास गर्ने एक ब्लट केटसन नाम गरेकी महिलाले आफ्नो ढाडबाट रगत चुसाएर रगतको व्यापार गर्दछिन । पेशाले फुल बेच्ने यि महिला रक्तपिपाषुहरुलाइ रगत पिलाउदा मज्जा आउने गरेको बताउदछिन ।
उनको रगत चुस्न आउने ग्राहकहरुको संख्या दिनानुदिन बढ्दै छन । उनका रगत चुस्ने ग्राहकमा महिला पुरुष दुवै छन् । अमेरिकामा त यसरि रगत चुस्नेहरुको समुदाय नै बनिसकेको छ । उनी पछिल्लो दश बर्ष देखि घुम्दै बिभीन्न ठाउमा आफ्नो रगत चुसाउने व्यापार गरेर हिडेकी छिन ।
अमेरिकामा यसरी रक्तपिपाषु जस्तो जीन्दगी बिताउनेहरु जन्मदेखि नै रगत चुस्ने होइनन उनीहरुमा बिभिन्न कहानीहरुको असर परेर रक्तपिपाषु बन्न पुगेका हुन ।

अठ्ठाइस बर्षकी ब्लट आफ्नो रगत पिठ्यसुबाट निकालेर पिलाउदछिन । रगत पिलाउनको लागि पिठ्युमा काटेर सक्शन लगाएर वा मुखले चुसेर जसरी पनि सक्दछन यो ग्राहकको इच्छामा भर पर्दछ । सबैलाइ रगत चुसेर बेच्ने यि महिला आफुलाइ ब्लड डोनर बताउदछिन । उनका एकजना माइकल वैकमील नामको साथि छन उनी पनि यिनको रगत चुस्न मन पराउदछन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses