यातायात कार्यालय ललितपुरमा प्रहरीको छापा, ४१ जना नियन्त्रणमा
यातायात कार्यालय ललितपुरमा प्रहरी छापा मारेको छ। ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय र ताल्छिखेलमा प्रहरीले बिहीबार बिहान छापा मारेर ४१ जनालाई नियन्त्रणमा लिएको छ।
ललितपुर प्रहरीले गरेको छापाबाट कार्यालय परिसरमा रहेका ‘दलाल’ हरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले यातायात कार्यालय एकान्तकुनाबाट २१ र ताल्छिखेलबाट २० जनालाई नियन्त्रणमा लिएको हो। साथै प्रहरीले उनीहरूको कागजात पनि नियन्त्रणमा लिएको छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses