श्रीमतीको यस्तो बानीले श्रीमानमा शंका उत्पन्न गराउँछ
मोबाइलमा बढी समय
यदि कुनै विवाहित महिला मोबाइलमा धेरै कुराकानी गर्छन् या व्हाट्सएप, फेसबुकमा बढी सक्रिय छन् भने यस्तो अवस्थामा श्रीमानको मनमा शंका उत्पन्न हुने गर्दछ । यस्तो अवस्थामा आवश्यक छैन कि शंका उत्पन्न गराउने कुनै ठोस कारण होस् ।
एक्लै बाहिर जानु
श्रीमानको अनुपस्थितिमा कुनै महिला पटकपटक बाहिर जान्छन् भने पनि त्यो श्रीमानका लागि शंका गर्ने एउटा कारण बन्न सक्छ । यसले पनि श्रीमानको नजरमा श्रीमतीप्रति शंका गर्ने अवस्था सिर्जना गर्दछ ।
पार्टीहरुमा अन्य पुरुषसँग हाँसेर कुरा गर्नु
विभिन्न पार्टीहरुमा सहभागी हुनु सामान्य कुरा हो । तर, त्यस्ता पार्टीहरुमा अन्य पुरुषका साथ बढी हेलमेल बढाउने कोशिस गर्नु र हाँसीहाँसी कुरा गर्दा पनि श्रीमानको मनमा शंका उत्पन्न गराउन सक्छ । यसले श्रीमानको मनमा इर्श्या उत्पन्न गराउनछ । जुन बढ्दै जाँदा श्रीमतीप्रति शंकामा परिवर्तन हुन्छ ।
सजिन बढी ध्यान
सामान्यतः सजिने र तयारी गर्ने बानी पुरुषको तुलनामा बढी हुने गर्दछ । तर यही कुरा कतिपय पुरुषका लागि पाच्य हुँदैन । त्यसले पनि दाम्पत्य जीवनमा चिसोपन ल्याउन सक्छ ।
घरमा कार्यालयका कुरा
यदि कुनै कामकाजी महिला आफ्नो श्रीमानका सामु कार्यालयका सहकर्मीहरुको कुरा बढी गर्छन् भने त्यसले पनि राम्रो गर्दैन । यस्ता कुराले श्रीमानको मनमा आशंका जन्माउने गर्दछ ।
त्यसो त अहिलेको जमानामा महिला र पुरुष एकसाथ मिलेर अघि बढिरहेका छन् । तैपनि पुरुषवादी मानसिकताको शिकार बनेका कतिपय मानिस बिना ठोस कारण आफ्नो मनमा शका बोक्ने गर्दछन् ।
-एजेन्सी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses