ज्ञानेन्द्रपछि भावी संविधानबारे बोलिन हिमानी
पूर्व युवराज्ञी हिमानी साहले संविधानको मस्यौदामा रहेको त्रुटी सच्च्याउनु पर्ने बताएकी छिन् । ससुरा अर्थात पूर्व राजा ज्ञानेन्द्रले संविधानको मस्यौदा त्रुटीपूर्ण रहेको बताएको एक दिनपछि हिमानीले पनि राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो सुझाव दिएकी हुन् ।
विहीबार राजधानीमा आयोजित हिमानी ट्रस्टको पत्रकार सम्मेलनमा हिमानीले संविधानको विषयमा बोलेकी हुन् । उनले हिमानी ट्रष्टको मात्र कुरा गर्न चाहेको बताएपनि जनताको सुझाव अनुसार संविधानको मस्यौदामा परिमार्जन गर्न राम्रो हुने बताइन् ।
धर्म निरपेक्षता र हिन्दु राज्यको विषमा भने हिमानीले कुरा गर्न चाहिनन् । हिमानी ट्रष्टलाई विभिन्न सुझाव दिइएको कार्यक्रममा हिमानीलाई जवर्जस्ती संविधानको विषयमा तानिएको थियो । तर पनि उनले बँचेर जवाफ दिएको देखिन्थ्यो ।
यस अघि राजतन्त्रको बारे धारणा सार्वजनिक गर्न भनिएको पत्रकार सम्मेलनमा राजतन्त्र बारे भने हिमानीले कुनै पनि कुरा गरिनन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses