यहाँ डाक्टरले होइन, भूतप्रेतले उपचार गर्छ बिरामी
मुम्बई । साधारणतया बिरामीलाई डाक्टरहरुले उपचार गर्ने गर्दछन् ।  तर यदि तपाईंलाई भूत–प्रेतले बिरामीको उपचार गर्छ भनियो भने तपाईं के भन्नुहुन्छ ? भारतको उत्तर प्रदेशको गोरखपुरमा एक यस्तो गाउँ छ जहाँ एउटा यस्तो अस्पताल छ जसमा बिरामीको रोगलाई भूतप्रेतको जिम्मा लगाइन्छ त्यो पनि औषधि बिना ।
यो अस्पतालमा जो पनि बिरामी उपचारको लागि आउँछन् उनीहरुलाई अस्पतालको बाहिर फोहोरले भरिएको खाल्डोमा हाम फाल्नुपर्छ । त्यहि खाल्डोमा बसेका भूतप्रेतले नै मानिसहरुको उपचार गरिदिने जनविश्वास रहेको छ । उपचार गराउने तान्त्रिक र उपचारको लागि आउने व्यक्तिहरुले आफूहरु यो प्रक्रियामार्फत ठिक भएको बताउने गरेका छन् । तान्त्रिकसँग चमत्कारिक भनिने लट्ठी पनि छ जसले उनी बिरामीहरुलाई पिट्नेसेमत बताइएको छ ।
तान्त्रिकको भनाई अनुसार यो ठाउँमा भगवानको कृपा छ जसका कारण सबैकुरा ठिक हुने गर्दछ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.