अख्तियार प्रमुखको गाडीले जाम गरेको फोटो खिच्दा कुटिए पत्रकार
काठमाडौँ ११ श्रावण । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की चढेकोको गाडीले अख्तियार गेट अगाडि ट्राफिक जाम गरेको दृश्य खिच्दा पत्रकारमाथि हातपात भएको छ । पत्रकार संदिप योगीलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगका कर्मचारी तथा प्रहरीहरुले हातपात गरेका हुन ।
सुरक्षाकर्मीले योगीमाथि कुट्पिट गर्दै उनको झोला, क्यामरा र मोटर साइकल नियन्त्रणमा लिएका थिए । सुरक्षाकर्मीले झोला र मोटर साइकल नियन्त्रणमा लिए पनि पत्रकार योगीलाई भने बाटोमा हिँड्ने बटुवाहरुले बचाएका थिए ।
पत्रकार योगी इमेज न्युज एफएम, हाम्राकुरा डट कम र चुरेकुन्ज साप्ताहिकमा आबद्द छन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses