तोड्यो ‘पिके’ र ‘धुम–३’ को रेकर्ड ‘बजरंगी भाइजान’ले
एजेन्सी–सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ले बक्स अफिसमा सफलताको नयाँ सिँडी उक्लेको छ । फिल्ममे अहिलेसम्म अमिरको फिल्म ‘पिके’ र ‘धुम–३’ को रेकर्ड तोडेको छ ।
फिल्मले शनिबार मात्रै २० करोडभन्दा बढी कमाएको छ । प्दर्शनमा आएको ९ दिनसम्म बजरंगी भाइजानको कूल कमाइ २सय १७ करोड पुगेको छ । यसअघि यही समयमा पिकेले २ सय १४ र धुम–३ ले २ सय ७ करोड कमाएको थियो ।
शक्रबार १३ करोड कमाएको फिल्मले शनिबार अपेक्षा गरेभन्दा बढी अर्थात २० करोड कमाएको थियो । फिल्मले रिलिजको पहिलो दिन २७ करोड कमाएको थियो ।
अहिलेसम्म १० दिनभित्र २ सय करोड कमाउने फिल्ममा अमिर खानको पिके, थ्रिइडियट्स र धुम–३, सलमानको किक र बजरंगी भाइजान, शाहरुख खानको ह्याप्पी न्यु इयर, ऋतिक रोशनको क्रिस–३ रहेका छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.