राति अवेरसम्म मोबाइल चलाउनुहुन्छ भने होसियार
पछिल्लो समयमा मोबाइल मानिसको जिवनको हिस्सा नै बनिसकेको छ । मानिसहरुलाई मोबाइल बिना अब जिउन गाह्रो हुने भान परिसकेको छ । हुन पनि मोबाइलले गर्दा हाम्रो जिवन धेरै नै सहज भएको छ । तर, आजकल मानिसहरुलाई यति मोबाइलको लत लागेको छ कि कोही मानिस फुर्सदको समयमात्र नभई व्यस्तता भएपनि कामै छोडेर मोबाइलमा अल्झिएका हुन्छन् । र कोही भने राति राति अवेर सम्म स्मार्ट फोन चलाएर बस्छन् ।  राति राति सम्म मोबाइल चलाएर बस्ने मानिसमा विहान उठ्दा नोक्सानी पुग्न सक्ने वैज्ञानिकहरुलेबताएका छन् ।

शोधकर्ताहरुले राति ९ बजेपछि स्मार्टफोन चलाउने ब्यक्तिलाई अर्को दिन विहान उठेपछि कार्यक्षमता र रचनात्मकतामा नकारात्मक प्रभाव पर्ने बताएका छन् । यूनिभर्सिटी अफ वाशिंगटन फोस्टर स्कूल अफ बिजनेसका शोधकर्ता क्रिस्टोफर बेन्सले राति अवरेसम्म स्मार्टफोन प्रयोग गर्नेहरुको अर्को दिन कार्यक्षमता घट्ने दावी गरेका छन् ।

स्मार्टफोनमा रातिअवेर सम्मअफिसको काम या अरु कुनै काम गर्नेहरुको दिमागमा अधिक बोझ हुने र अर्को दिन कार्यक्षमता कम हुने उनको भनाई छ ।

शोधकर्ताहरुका अनुसार रातिअवेर सम्म स्मार्टफोन प्रयोग गर्नेहरुमा निर्दामा पनि समस्या देखिन सक्छ ।

–एजेन्सी



भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.