डलरसँगै मलेसिया, कतार, दुबई र साउदीको मुद्रा महंगियो
अमेरिकी डलरको भाउ बढेसँगै मलेसियन, कतारी, दुबई र साउदी अरबको मुद्राको मूल्य पनि बढेको छ।
शुक्रवारको तुलनामा आइतवार डलरको मूल्य ३१ पैसाले बढेको छ। आइतवार डलरको १ सय १ रुपैयाँ ९८ पैसा तथा विक्रीदर मूल्य १ सय २ रुपैयाँ ५८ पैसा तोकिएको छ।
त्यस्तै कतारी रियालको खरिददर मूल्य २८ रुपैयाँ १ पैसा तथा विक्रीदर मूल्य २८ रुपैयाँ १७ पैसा पुगेको छ। दुबईको दिरामको खरिददर मूल्य २७ रुपैयाँ ७६ पैसा तथा विक्रीदर मूल्य २७ रुपैयाँ ९३
पैसा कायम भएको छ। त्यस्तै १ मलेसियन रिंगिट राष्ट्र बैंकले २७ रुपैयाँ ७६ पैसामा खरिद गर्नेछ भने २७ रुपैयाँ ९३ पैसामा विक्री गर्नेछ। साउदी अरबको रियालको खरिददर मूल्य २७ रुपैयाँ १९ पैसा तथा विक्रीदर मूल्य २७ रुपैयाँ ३५ पैसा तोकिएको छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses