अस्पतालले ९९ वर्षकी यी महिलालाई गर्भवती भएको रिपोर्ट दिएपछि…
यी महिलाको नाम हो डेरिस आयलिंग । उनलाई अस्पतालको तर्फबाट पठाइएको पत्रमा गर्भवतची भएको कुरा उललेख भएको पाइन त उनलाई विश्वास नै लागेन कि आफू गर्भवती छु भन्ने कुरामा । केही महिनामा नै उनी १०० वर्ष पुग्दैछिन् । डेरिसलाई पूरै विश्वास थियो कि आफू गर्भवती हुनै सक्दिन भन्ने । तर अस्पतालले उनलाई पिसावको नमूना लिएर आउन भनेको थियो । विश्वास गर्ने कुरा यो थियो कि उक्त रिपोर्टमा उनको जन्ममिति सही लेखिएको थियो ।
रिपोर्टमा उनलाई सम्बोधन गर्दै लेखिएको छ कि गर्भवती सम्बन्धि चेकजाँचका लागि उनलाई पिसावको नमूना लिएर आउन अनुरोध गरिएको छ । उनी तीन बच्चाकी आमा हुन् र लामो समयदेखि श्रीमानभन्दा भिन्दै बस्दै आएकी छन् । जब यो सबै कुरा अस्पतालले थाहा पायो उसले ती महिलासँग माफी माग्यो ।
पोर्टसमाउथ अस्पताल एनएचएस ट्रस्टने डेरिस र उनको परिवारसँग माफि माग्दै भनेको छ कि प्रशासनको तर्फबाट भएको गल्तीका लागि क्षेमाप्रार्थी छौं ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses