कति भए पुग्ला लोकमान, रामशरण, राजबहादुर जस्ता भ्रष्टहरुलाई
काठमाडौ, ६ साउन ।
ठूला र ठगी सँगसँगै रहने नेपालमा मात्र होला कि अन्त पनि ? जाँदाजाँदै निवर्तमान प्रधान न्यायाधीस रामकुमार प्रसाद साहले गरेका बदमाशीको छानवीन गर्न नयाँ प्रन्या कल्याण श्रेष्ठले आउनासाथ छानवीन समिति नै गठन गर्नुपर्ने । लोकमान र रामशरणको मिलोमतोमा विमानस्थल भन्सार कार्यालयको सुनकाण्डका योजनाकार सुदीप चन्द्र शाहलाई बचाएर कारिन्दाको जागिर जानुपर्ने । पूर्व राजाका ज्वाईं राज बहादुर सिंहले क्यासिनो चलाउने नाममा सरकार र होटललाई मात्र करोडौं चुना लगाएर नपुगी एउटै कम्पनी ९ जनालाई बेचेर ५० करोडभन्दा बढी हसुर्दा पनि कुनै कारवाही नहुने ।
मुलुकमा गणतन्त्र आएको पनि थुप्रै वर्ष भइसक्यो तर यो ठगी धन्दाको फेहरिस्त राजतन्त्रकै प्रभावका आडमा भएको हो । पूर्व प्रन्या रामकुमार प्रसाद साहले राम्रै शुभलाभ हासिल गरी प्रेरणाका नाममा गरिदिएको १५ रोपनीवाला दरबारमा बस्ने पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं राज बहादुरले एउटा सामान्य कम्पनीका आडमा सरकारलाई ६ करोड, होटल याक एण्ड यतिलाई १८ करोड र अन्य नौजना धनाढ्यलाई ५० करोडभन्दा अधिक ठगेका हुन् । क्यासिनोमा काम लगाएका मजदुरलाई दिनुपर्ने रकम १५ करोडभन्दा बढी रहेको छ ।
सन् २०१० मा दरबारमार्गस्थित होटल याक एण्ड यतीसँग गिल्ट इन्भेष्टमेण्ट प्रालिका नाममा सम्झौता गरी राजबहादुरले त्यहाँ रोयल क्यासिनो चलाउने भए । गिल्टका तर्फबाट राजबहादुर र होटलका नाममा सर्राफ थरका मालिकले हस्ताक्षर गरेका सो सम्झौतमा सरकारी राजश्व र होटललाई बुझाउनुपर्ने भाडा नियमित रुपले तिर्ने कुरा उल्लेख गरिएको छ । तर राजबहादुरले न राजश्व बुझाए र न होटलको भाडा नै ।
भाडा र राजश्व बुझाउनु पर्ने कुरा लगातार उठेपछि राजबहादुरको दिमागले तिर्नुको सट्टा नयाँ नयाँ ग्राहक खोजेर क्यासिनो बिक्री गर्ने जुक्ति लगायो । यस क्रममै होटल र मजदुर कसैलाई थाहा नदिई उनले क्यासिनो पालैपालो ९ जनालाई बेचे । यसमध्ये सबभन्दा बढी ९ करोड रुपैयाँ राजबहादुरालाई बुझाएर चिनियाँ व्यापारीले खरिद गरेका छन् । उनीसँगको सम्झौतामा राजबहादुरले दुई हजार स्क्वायर फुट क्षेत्रफलमा सञ्चालन गर्न दिइने विवरण उल्लेख गरेका छन् ।
पैसा लिएर जस्ता काम पनि गर्न केटाहरु लिएर हाजिर भइहाल्ने गणेश लामा जस्ता मान्छेहरुलाई लगाएर होटल मालिकलाई थर्काइ हालसम्म क्यासिनो बिक्री गर्दै रहेका राजबहादुरलाई भाडा नबुझाए सम्झौता बमोजिम निकालिने चेतावनी होटल मालिकले दिए । उनले जिल्ला प्रशासन कार्यालयदेखि प्रहरी कार्यालयसम्म राजबहादुरका करतुत उल्लेख गरी सम्झौतापत्र समेत राखी निवेदन हाले । जिल्ला प्रशासन र प्रहरीकोमा क्यासिनो खरिदकर्ताहरु एकपछि अर्को गर्दै सम्झौताका कागत बोकेर पनि पुग्न थाले । तर यति धेरै ठगीका केसहरु सप्रमाण सार्वजनिक भइसक्दा पनि राजबहादुरले भने केही नभए झैं गरी गणेश लामाहरुलाई ठगीका पैसा पोसेर जिल्ला प्रशासन कार्यालयमा समेत धम्कीपूर्ण उपस्थिती जनाइरहे । गणेश लामाले त रोयल क्यासिनोमा मेरो पनि शेयर छ किन बन्द गर्ने भनी चिच्याउन भ्याए । प्रशासन कार्यालयले बोलेर हैन प्रमाण भए लिएर आउ भनेपछि उनी फेरी फर्किएनन् ।
यता राजबहादुरहरुले होटललाई भाडा बुझाइसकेको भनी बोले पनि प्रमाण सहित आउ भनेपछि उनी पनि अहिले फरार भएका छन् ।
राज बहादुर र सर्राफबीच भएको सम्झौताको ७ नम्बर बुँदामा क्यासिनो सञ्चालकले नियमित भाडा नबुझाएमा तीस दिनको म्याद दिएर भाडा बुझाउन सूचना दिने र त्यसपछि पनि अटेर गरेमा क्यासिनो खाली गराउन सक्ने उल्लेख गरिएको छ । असार २८ गते सार्वजनिक सूचना गरेको ३५ दिन पुगेकाले होटल व्यवस्थापनले प्रशासनको सहयोगमा साउन ३ गते क्यासिनोको नाम निशान नरहने गरी यसले ओगटेका सबै स्थानहरु खाली गराएको छ । ठगिएका मानिसहरुले प्रहरी कार्यालयमा उजुरी हाल्न थालेपछि अहिले राजबहादुरको कतै पनि सार्वजनिक उपस्थिति हुन छाडको छ ।
राजबहादुरको यो ठगी केस रामशरण, लोकमान वा रामकुमार प्रसाद साहले हेर्ने हो भने पीडितले हारेर राजबहादुरले जित्ने उनीहरुद्धारा हालसम्म गरेका थुपै्र फैसला र भ्रष्टहरुप्रति उनीहरुको साथले प्रष्ट पार्ने एक कानून व्यवसायी बताउँछन् । जनआस्थामा खबर छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.