दिपकराज गिरि भन्छन् : कांग्रेस पिज्जा खान नजानेर गिजा पोलेको एउटा केटो हो
गिरिले जनताबाट निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने आशयसहितको आफ्नो भनाइ राखेका हुन् । गिरिले लेखेको फेसबुक स्टाटस यस्तो छ :-
आज म लेख्दैछु..
कांग्रेसले प्रत्यक्ष निर्वाचनबाट कार्यकारी छानिने जनताको चाहनाबिरूद्द जाने निर्णय गर्यो । सहि गर्यो । कांग्रेस सहि छ यसमा ।
१) संवैधानिक राजतन्त्रको माला चुडियो
२)हिन्दू धर्ममा अडिग रहन सकेन
३) माओबादीका एजेन्डामा गिरिजाबाबुले आफ्ना बिचार बिलय गराए ।
कांग्रेस अहिले भर्खर गॉऊबाट शहर पसेर पिज्जा खान नजानेर गिजा पोलेको एउटा केटोको अबस्थामा पुगेको छ । आफ्ना सबै सिद्धान्त त अरूमा बिलय भैसक्यो । एउटा यो प्रतक्क्ष निर्वाचित कार्यकारी चाहि उस्ले मान्नु हुन्न । १,२ जना गगनबाहेक सबै कोहि बाउका नाममा नेता भाका छन् । कोहि बिपिसंगै हिडेका भरमा नेता भएका छन् । कोहि गॉठ खर्च गरेर नेता भएका छन् ।
कोहि दक्षिण तिरको आशीर्वाद बाट नेता भएका छन् । फ्याट्ट यो प्रणाली राखियो भने त कांग्रेसका यस्ता नेताले ज़िन्दगीभर प्रधानमंन्ति हुने मौक़ा पाउदैनन् । त्यसैले कांग्रेसको यो निर्णय उस्का लागि १००% सहि छ । जयनेपाल ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses