पाकिस्तानको आलोचना गर्ने फिल्म मलाई मनपर्दैनन्: सलमान
बलिउड अभिनेता सलमान खानले आफूलाई पाकिस्तानको आलोचना गरिएका फिल्म मननपर्ने बताएका छन्। उनले भने, ' मलाई पाकिस्तानलाई नकारात्मक देखाइएका फिल्म बिल्कुलै मनपर्देनन्। के हामी कसैले इन्डियाको बारेमा नराम्रो बोलेको सुन्न सक्छौं? पाकिस्तानीहरुको हकमा पनि त्यही कुरा लागू हुन्छ। त्यो उनीहरुको देश हो। पहिले पहिले भारतीयहरु पाकिस्तान पुग्दा त्यहाँ उनीहरुको राम्रो स्वागत-सत्कार हुन्थ्यो। मानिसहरु त्यो मेजमानीको प्रशंसा गर्थे। उनीहरु पनि यता आँउथे जसका कारण सम्बन्ध राम्रो थियो। यदि लड्ने त्यस्तो नै इच्छा छ भने सत्तामा बसेकाहरु आफै किन गोली खाँदैनन्। यसका लागि सैनिकहरुलाई किन अगाडी सार्छन्?'
सलमानले यस असन्तुष्टिसँगै आफ्नो फिल्मले तारिफ बटुलेकोमा खुसी पनि व्यक्त गरेका छन्। उनले हर कलाकारलाई आफू गरेको कामको प्रशंसा पाइयोस भन्ने लोभ र लालसा हुने बताए। सलमानको 'बजंरगी भाइजान'को कथा पाकिस्तानलाई सँधैं खलनायकको रुपमा चित्रण गरिने 'स्टेरोटाइप'बाट मुक्त छ। यस अघिका भारतीय फिल्महरुको विपरित यस फिल्ममा दुई देशको मानिसको मानवीय संवेदनालाई फिल्मले देखाएको छ। दुई देशको सम्बन्धको यस किसिमको नयाँ व्याख्यालाई मानिसहरुले राम्रो भनेका छन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses