कान्छीसँग रमेका माओवादी नेता झन् क्रुद्ध
६ साउन, काठमाडौं । सुदर्शन अर्थात हेमन्तप्रकाश ओली शीर्ष मध्येका नेता मानिन्छन् । ३ गते आइतबार कान्छी श्रीमति अम्बिका चन्दबाट राप्ती उपक्षेत्रीय अस्पताल दाङ घोराहीमा बिहान ७ बजे छोरीको बाबु बनेका उनी हाल पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएर रुकुमस्थित घरमा बसेका छन् ।
जनयुद्धका विभिन्न योजनाकार, विचार बहसका अग्रज, सहिदका पिता उनी पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य, मगरात, जनआन्दोलन समितिका इन्चार्ज, केन्द्रीय स्कूलिङ विभागका सचिव, बुद्धिजिवी संगठनका इन्चार्ज लगायत सबै पदबाट मुक्त छन् । प्रचण्डका भक्तका रुपमा परिचित उनले प्रचण्डपथबारे पुस्तक नै लेखे ।
प्रचण्डको महान वाणीलाई स्थापित गर्न निक्कै कष्ट गरे । तर, अहिले प्रचण्डले अरुलाई आशिर्वाद दिंदै आफूलाई गलहत्याएपछि दुख्नसम्म चित्त दुखेको छ । जनयुद्ध सुरु गर्दाका सुरुका तीन आक्रमणमध्ये राडी चौकी बन्चरोको भरमा फत्ते गर्ने कुशल योजनाकार र नेतृत्वकर्ता अहिले त्यही पार्टीबाट प्रताडित छन् ।
उनै सुदर्शनले भने, ‘सबै कुरा माओवादीले नै गर्छ भनेर पार्टीमा त्यसरी हिडेको मान्छे अहिले घरमै गुमनाम किन ?’ यस्तो जिज्ञासा राख्दा मनको तितो पोख्दै भने, ‘पार्टीमा इमान्दारहरुले बाझो मार्ने चंखे, धुर्तहरुले खेतीबाली उठाउने काम भयो । पार्टी नवधनाढ्यहरुको हातमा पर्यो । लिन प्याओवादीहरुले प्रचण्डपथलाई बमले उडाउने काम गरे । फकाउने धक्क्याउने सूत्र प्रयोग गर्नेहरुको हालीमुहाली भयो । धनकुवेरहरुको बाहुल्यता रह्यो ।’
आजको जनआस्था साप्ताहिकमा खबर छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.