एमाओवादीले पैसा दिन सुरु गर्‍यो, पूर्व लडाकूलाई डेढ लाख

काठमाडौं, ७ साउन । एकीकृत नेकपा माओवादीले आफ्ना पूर्व लडाकूलाई डेढ लाख रुपैयाँ दिएको छ ।
द्वन्द्वकालमा घाइते पूर्व लडाकूको उपचार खर्चका लागि माओवादीले पार्टी कोषबाट डेढ लाख रुपैयाँ सहयोग गरेको हो । तत्कालिन जनयुद्धमा सिन्धुपाल्चोकको ठोकर्पामा शाही सेनाको हवाइ आक्रमणमा हात गुमाएकी पूर्व लडाकू प्रविणा गोले तामाङका परिवारलाई माओवादीले डेढ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
सहयोग संकलन समितिका संयोजक तथा वाईसियलका उपत्यकाका युवा नेता दिपेश पुनले विगत ५ महिनादेखि अज्ञात रोगबाट थलिएर काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार गराइरहेकी पूर्व लडाकू प्रविणालाई माओवादीले डेढ लाख रुपैयाँ दिएको बताए ।

प्रविणाका बारेमा समाचार बाहिर आएपछि एमाओवादी अध्यक्ष प्रचण्डले बुधबार अस्पतालमै भेट्न गएर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यही क्रममा उनले सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने प्रतिबद्धता समेत जनाएका थिए । प्रचण्डले भेटेको दोस्रो माओवादीले प्रविणाको परिवारलाई सहयोग गरेको हो

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.