चीनको उत्तरी शहरमा भयानक बिष्फोट, कम्तीमा १७ जनाको मृत्यु, ४ सय बढी घाइते

बिहीवार, 28 साउन,
चीनको उत्तरी शहरमा भयानक बिष्फोट, कम्तीमा १७ जनाको मृत्यु, ४ सय बढी घाइते
बेइजिङ ।  चीनको उत्तरी तिआन्जिन बन्दरगाह शहरमा भयानक बिष्फोट भएको छ ।  विष्फोटमा परी कम्तीमा १७ जनाको ज्यान चिनीयाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।  

विष्फोटमा परेर चार सय जनाभन्दा बढी घाइते भएका छन् । सिन्ह्वाका अनुसार बन्दरगाह क्षेत्रमा खतरनाक र रासायनिक सामानहरु राखिएको गोदाममा विष्फोट भएको थियो।  

विष्फोटका परी वरपरका भवनहरु ध्वस्त भएका छन् भने अस्पतालहरु घाइतेले भरिएका छन् ।  बीबीसी चिनियाँ सेवाका सम्पादक रेमण्ड लीले भनेका छन्, ‘ घटना हेर्दा यो एउटा औद्योगिक दुर्घटना हो।’
विष्फोटक पदार्थले भरिएको एउटा मालबाहक साधनमा विष्फोट भएपनि दुर्घटना भएको भनिएपनि पुष्टि भने भएको छैन ।  पहिलो विष्फोट स्थानीय समयअनुसार राति साढे ११ बजे भएको थियो र त्यसको केही समयपछि दोस्रो विष्फोट भएको थियो। धेरै किलोमिटर टाढासम्म विष्फोटका कारण हल्लिएको थियो।

त्यसपछि नजिकै अरु विष्फोट पनि भएका थिए। चीनको सरकारी टेलिभिजन सीसीटिभीका अनुसार चार सयभन्दा बढी मानिसहरु घाइते भएका छन् । उनीहरुमध्ये ११ जनाको अवस्था गम्भीर रहेको तिआन्जिन नगर सरकारले जनाएको छ ।

सीसीटिभीका अनुसार विष्फोट भएको कयौं घण्टापछि घरहरु जलिरहेका छन् र आगो नियन्त्रणमा लिने प्रयासमा रहेका सय वटा दमकलहरु देखिएका छन ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.