नेपालमा फेरि सुनको भाउ घट्यो, पाँच वर्षयताकै सस्तो
काठमाडौं : सुनको भाउ फेरि सस्तिएको छ। मंगलबार सुनको भाउ तोलामा तीनसय रुपैयाँले घटेको छ। तोलाको ४७ हजार पाँचसय रुपैयाँका दरले मंगलबार सुनको कारोबार भइरहेको छ।
नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ। यसअघि सोमबार सुनको भाउ तोलाको ४७ हजार आठसय रुपैयाँ रहेको थियो । मंगलबार चाँदी पनि पाँच रुपैयाँ सस्तो भएको छ। चाँदी मंगलबार तोलाको ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा विगत पाँच वर्षयताकै सस्तो भएको छ। विश्व बजारमा भाउ घटेकाले यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परिरहेको छ। सुन खरिद गर्न ग्राहको चाप बढे पनि बजारमा भने सुनको अभाव देखाइएको छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses