गीत बजेपछि गाई/भैसी हुरुक्कै !
बिश्वमा प्रायजसो आफ्ना गाई भैसीको समुहलाइ सम्हाल्नको लागि घरपालुवा कुकुरको प्रयोग गर्ने गरिने चलन छ । तर अष्ट्रेलियामा एउटा यस्तो महिलाहरुको समुह छ जसले आफ्ना गीतको माध्यमबाट गाइ भैसी नियन्त्रण गर्ने गर्दछन ।

अस्ट्रेलियाको बेसविलमा बस्ने टीयाने आर्मस्टार्ग र उनका साथिहरुले गाइ भैसीलाइ मन्त्रमुग्ध पार्ने एउटा गीतको भिडीयो नै बनाएका छन । जसलाइ सुनेर गाउका गाई भैसीहरु गीतको दिवाना नै भएका छन । यो भिडीयोमा गाइ भैसीहरु उनीहरुको आवाज सुन्ने वितीक्कै उनीहरु भएको ठाउमा आइपुग्दछन । हिजोआज यहि भिडीयोको माध्यमबाट ति महिलाहरु यत्रतत्र गएका गाइहरुलाइ संकलन गर्ने काम गर्दछन । उनीहरु भन्छन यो भिडीयो चलाइ दिएपछि गाइहरु जहा भए पनि तुरुन्त आइपुग्दछन ।

टीयानेले भनिन गाइहरु यो गीतको भिडीयोसंग यति धेरै दिवाना भइसकेका छन कि उनिहरु भिडीयो सुन्ने वितिक्कै एक ठाउमा उम्भिएर गीत सुन्छन । जव उनी हरुलाई गोठमा बन्द गर्ने बेला आउछ त्यतिखेर यो भिडीयो बजाइदियो उनीहरु आफसेआफ गोठभित्र छिर्छन ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.