बाबुरामलाई पृथकतावादी नेताको जोडदार स्वागत
पृथकतावादी नेता सी.के. राउतले आफ्ना सहयोगी विनय पञ्जियारमार्फत स्वागत गर्दै आफ्नो आन्दोलनलाई साथ दिन भनेका हुन् ।
सी.के. राउतलाई चर्चामा ल्याउने जस बाबरामलाई जान्छ । उनै
बाबुरामले पहिलो पटक देश टुक्राउन पाउनुपर्ने भन्ने सी.के. राउतको भनाइलाई संविधानसभाको समिति र सिंदरबारभित्र प्रवेश गराई रेकर्ड गराएका हुन् ।
सी.के.का सहयोगी पञ्जियारले आफ्नो सामाजिक सञ्जालमा सन्देश लेखेर बाबुरामसहित एकीकृत माओवादीका प्रभु साह, रामचन्द्र झा, रामकुमार शर्मा, रामरिझन यादवलाई आफूहरूको सलाम रहेको जनाएका छन् ।
‘मधेशका शपुत प्रभु शाह, रामचन्द्र झा, रामकुमार शर्मा, रामरिझन यादवलाई मेरो सलाम’, सी.के. राउतका सहयोगीले भनेका छन्, ‘मधेशी नेताले पनि आफ्नो पद त्याग्नुपर्ने समय आएको छ ।’
‘मधेशको २५० वर्षको चित्कार सुनेर, मधेश मुक्ति आन्दोलनमा आफ्नो पद त्यागेर बाबुराम भट्टराईले जनाएको एक्यबद्धतालाई मधेसीले स्वागत गर्नुपर्छ’, सी.के. राउतका सहयोगी पञ्जियारको सन्देशमा भनिएको छ, ‘यस्ले हाम्रो आन्दोलनलाई नैतिक बल प्रदान गरेको छ ।’
dainiknepal
भिडियो हेर्न तल क्लिक गर्नु होस




0 comments
Write Down Your Responses