अघोषित नाकाबन्दी लगाएका कारण चार दिनपछि अन्तर्राष्ट्रिय उडान 'बन्द'
काठमाडौं-नेपाल आयल निगमले चार दिनभित्र पर्याप्त पेट्रोलियम पदार्थ ब्यवस्था गर्न सकेन भने काठमाडौं आइरहेका अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान लगभग 'बन्द' हुने निश्चित भएको छ ।

नेपालमा नयाँ संविधान जारी भएका विषयमा भारतले अघोषित नाकाबन्दी लगाएका कारण पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ । यसको गम्भीर असल दैनिक उपभोग्य सामाग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा देखिन थालेको हो ।

आयल निगमसँग हवाईजहाजलाई आवश्यक इन्धन 'एयर टर्बाइन फ्युल' (एटिएफ) अब चार दिन धान्ने परिमाणमा मात्र छ । भारतबाट पेट्रोलियम पदार्थ आउन बन्द भएपछि निगमले आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सकेसम्म कम इन्धन प्रयोग गर्न आग्रह गरेको छ ।

'बढीमा चार दिनसम्म मात्र पुग्ने हवाई इन्धन स्टक रहेको भन्दैं आयल निगमले अन्तर्राष्ट्रिय जहाजलाई सकेसम्म काठमाडौंमा तेल कम भर्न आग्रह गरेको छ,' नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको संगठन 'वायु सेवा सञ्चालक समिति-नेपाल' (एओसिएन)का अध्यक्ष भरतकुमार श्रेष्ठले शनिबार नागरिकसँग भने, 'यहाँ तेल भर्न नपाउने भनेको उडान बन्द गर्नु नै हो ।'

उनकाअनुसार आयल निगमले आगामी बुधबार (असोज १३ गतेसम्मका लागि मात्र हवाई इन्धन स्टक रहेको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय जहाजले सकेसम्म यहाँ इन्धन कम प्रयोग गरे भने थप केही दिन -बढीमा एक साता) इन्धन स्टक रहने निगमले जनाएको छ ।

'जुन जहाजले आफ्नो देश र्फकने बेलासम्म पुग्ने इन्धन लिएर आउँछन् ती मात्र काठमाडौंसम्म आउन सक्छन्,' उनले भने, 'त्यसबाहेक अन्य वायुसेवाका जहाज नेपाल आउन सक्दैंनन् ।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल १४ देशका २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक करिब ६० वटासम्म उडान-अवतरण गरिरहेका छन् । यसअघि दैनिक ८५ उडान-अवतरण हुने गरेको थियो । अाजको नागरिक दैनिकमा समाचार छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.