नाकाबन्दी लगाउन खोज्दा विश्वभर विरोध, २४ घण्टामा यसरी असफल भयो भारत
कमंगलबार, ५ असोज
काठमाडौं । रक्सौल नाकामा रोकीएका नेपाल आयल निगमका ट्यांकर छुटेका छन् । भारतीय भन्सारका अधिकारीहरुले माथिको आदेश भन्दै नोलको सीमा नाका रक्सौलमा नेपाल आयल निगमका तेल बोकेका ट्यांकर रोकीएको थियो ।
भारतीय सरकारले नेपालमा भैरहेको आपुर्ति व्यवस्था प्रभावित पर्न सक्ने आशय सहितको विज्ञप्ती जारी गरेको २४ घण्टा वित्न नपाउँदै ती ट्यांकर रोकीएका थिए ।
रक्सौल भन्सार कार्यालयले नेपाली गाडीहरुमाथि चेकजाँच निकै कडा पारेको थियो । यस अघि सामान्य कागज पत्र र नम्वर प्लेटको नम्बर दर्ता गराउँदा मात्र छुट्ने गरेका ती ट्यांकरलाई विभिन्न बहाना वनाएर रोकीएको थियो ।
भारतले यस्तो काम थालेसँगै विश्वभर भारतले गरेको यो कामको विरोध भएको थियो । सामाजिक सञ्जाल ट्विटरमा पनि यो विषय विश्वभर तेस्रो स्थानमा पुगेको थियो ।
अहिले रोकीएका सबै ट्यांकर छुटीसकेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । भारतले संविधान लेखन प्रकृया प्रति असन्तुष्टी जनाउँदै नेपालमा नाकाबन्दी हुनसक्ने चेतावनी विज्ञप्ती मार्फत दिएको थियो ।

भिडियोको लागि तल क्लिक गर्नुहोस् :


0 comments

Write Down Your Responses

Powered by Blogger.