बारामा प्रहरीमाथि तेजाब अक्रामण
बारा, असोज ५ ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बाराको कलैयामा सुरक्षाकर्मीमाथि तेजाब आक्रमण गरेका छन् ।
महिना दिनदेखि आन्दोलनमा उत्रिएका उनीहरुले नेपालका कांग्रेस बारा–१ का सभासद रामअयोध्याप्रसाद यादवको घरमा तोडफोड गर्नुका साथै सरकारी कार्यलयमा आगजनी सुरु गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो ।

सुरक्षाकर्मीले बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीमाथि तेजाब आक्रमण गरेका हुन् । बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीका अुनसार आन्दोलनकारीले सभासदको घर, कार्यालय, सरकारी कार्यालयहरुमा आगजनी तोडफोड गर्न थालेपछि   प्रहरीले हवाई फायर गर्नुका साथेै एक दर्जन आश्रुयास प्रहार गरेको थियो ।

 त्यसलगत्तै उनीहरुले तेजाव आक्रमण गरेका थिए । तेजाबबाट सात जना सुरक्षाकर्मी समान्य घाइते  भएका छन् ।

प्रदर्शनकारीहरुले प्रहार गरेको तेजाबबाट सशस्त्र प्रहरीतर्फका भविशंकर राई, नारायण थापा, हरीनारायण चौधरी, कृष्णप्रसाद पौडेल, अर्जुन भट्ट, दिलबहादुर फुयाल र ध्रुव्र बस्नेतलगायतले लगाएको पोशाशका प्वाल पर्नुका साथै घाइते भएका छन् ।

यता मोर्चाका कार्यकर्ताले भने प्रहरीले दमन गरेको बताएका छन् । उनीहरुले प्रहरीले सर्वसाधारणको घरभित्र प्रवेश गरेर जनतामाथि दमन गरेको आरोप लगाएका छन् ।

भिडियोको लागि तल क्लिक गर्नुहोस् :


0 comments

Write Down Your Responses

Powered by Blogger.