भारतको नाकाबन्दीमा बाबुरामको समर्थन ?
नेपालमा भारतले लगाएको नाकाबन्दीलाई एमाओवादी नेता भट्टराईले मौनसमर्थन गरे जस्तो देखिएको छ ।
भारतपरस्तको आरोप खेप्दै आउनुभएका भट्टराईलाई सामाजिक सञ्जालहरूमा आलोचना पनि हुन थालेका छन् । आज (शनिबार) बिहानसम्म नेता भट्टराईले नाकाबन्दीका विषयमा केही लेख्नु भएको छैन र बोल्नु पनि भएको छैन ।
नेता भट्टराईले भारतको नाकाबन्दीलाई मौनसमर्थन गरेको आरोप उहाँका आलोचकहरूले लागउन थालेका छन् ।
हुन पनि एमाओवादी नेता भट्टराईले आलोचनालाई पुष्टि हुने गरी भारतको नाकाबन्दीका विषयमा कुनै आधिकारिक अभिव्यक्ति दिनुभएको छैन ।
दलका प्रभावशाली नेता तथा आमनागरिकहरूले भारतको हेपाहा प्रवृत्ति र नाकाबन्दीको बिरोध गरिरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले त्यस विषयमा आफ्नो मुख नखोल्नुमा सबैले रहस्यका साथ हेरिरहेका छन् ।
मधेसी र थारुहरूलाई आफ्नो अधिकारका लागि संघर्ष गर्नुस् भनेर सधै उचाल्ने एमाओवादी नेता भट्टराईले नेपालमा भारतले लगाएको नाकाबन्दीका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने की नगर्ने ? प्रश्न उठेको छ ।
मधेसी र थारुको आन्दोलनमा समर्थन गर्दै आफ्नै पार्टी र राज्यको विरोधमा सामाजिक सञ्जालहरूमा लेखिरहने भट्टराईको फोसबुक र ट्वीटर सुनसान छन् ।
नेता भट्टराईले आफूलाई लागेको आरोपमा खण्डन गर्नुपर्ने सामाजिक सञ्जालहरूमा टिकाटिप्पणी हुन थालेका छन् ।
भारतको नेपालको संविधान २०७२ लाई विरोध गर्दा मौनसमर्थन गरी खुसी जनाएका एमाओवादी नेता भट्टराईले भारतले अघि सारेको भनिएको सात बुँदे सर्तलाई पनि समर्थन गरेको आरोप छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस
2 comments
Write Down Your Responses




September 26, 2015 at 7:21 AM
parchanda lai xodera modiko gulam garna hidnuvayo DR sap
September 28, 2015 at 2:34 AM
नेपालका निम्ति नवनयुक्त भारतीय राजदूत डा बाबुराम भट्टराईको सुरुको दिनहरुमा नेपालको एनेकपा माओबादीसंग निक्कै राम्रो सम्बन्ध थियो। पछिलो समय नेपालको नया परिस्थिसँगै संबिधान सभाबाट संबिधान घोषण भए पश्चात एनेकपा माओबादीका अध्यक्ष प्रचण्डासंग खटकिएको छ। भारतीय राजदूत भट्टराईले अध्यक्ष प्रचण्डलाई संबिधान रोक्न धेरै धम्की एबं चेतवानी दिएको थियो। अध्यक्षा प्रचण्डले नेपाली जनताको चहनलाई रोक्न नसक्ने बताए पछि एकाएक कटकिएका राजदूत भट्टराई नेपालको संबिधान घोषण पश्चात तराईमा आन्दोलनरत पक्षको रायबुझ्ना गत असोएबं ज ७ गते जनकपुरमा जाने कार्यक्रम तय भएको थियो तर मधेशबादी दलहरुले राजदूत भट्टराईलाई जनकपुर आउने भए एनेकपा माओबादीसँगको सम्बन्ध तोटिएको सार्बजनिक गरेर मात्रै मधेश आउन भने पछि हिजो असोज ९ गते काठमाडौको एक होटेलमा आफुले नेपालको कुनैपनि राजनितिक शक्ति संग आफ्नो सम्बन्ध नभएको घोषण गरेका थिए। उक्त समाचार नेपाली समाचार माध्यमहरुले सार्बजनिक गरिए लगतै उनले तमलोपा का अध्यक्ष राजेन्द्र महतोसंग फोनमा सम्पर्क गरिएको र तमलोप का अध्यक्ष राजेन्द्र महतोले उनलाई बधाई एबं स्वागत गरेको समाचार सार्बजनिक भएको छ। आजको खोजतलास दैनिक