नेपालले पेट्रोलियम भारतसँगमात्रै किन्ने सम्झौता गरेको छ
भारतले नेपालतर्फ स्थिरता भएको कारण सामग्री आपूर्ति गर्न नसकेको भने पनि यथार्थमा नाकाबन्दी लगाइसकेको छ । ‘माथिबाटै कुरा गरेर आउनुहोला’ इन्डियन आयल कर्पोरेसनका पदाधिकारीलाई उद्धृत गर्दै नेपाल आयल निगमका एक उच्चपदस्थ अधिकारले भने ‘हामीलाई तेल दिएकै छैन ।’
हामीले हाम्रा खाली ट्यांकरसमेत पारिबाट नेपालमा सुरक्षित ढंगले ल्याउन पाएका छैनांै ।’ निगमस्रोतले भन्यो, ‘हाम्रा ड्राइभरहरुको जीवनकै असुरक्षा भइरहेको छ । भारतीय प्रहरीले उनीहरुमाथि कुटपिट गरेका छन् । ’
भारत सरकारकै कम्पनी इन्डियन आयल कर्पोरेसनले राजनीतिक तहमा समस्या समाधान गरेर मात्र तेल दिन सकिने भनेपछि तेल आपूर्ति पूर्णतः ठप्प भएको छ । भारतलाई नेपालकै कारण रोक लगाएको हो भन्न सजिलो हुने गरी मधेसी मोर्चाका कार्यकर्ता बसेका छन् । नेपालले आइओसीबाहेक अर्को कम्पनीबाट तेल किन्न नपाउने गरी सम्झौता भएको तीन वर्ष भइसकेको छ । अझ पछिल्लोपटक तेल पाइपलाइनसम्बन्धी सम्झौताअनुसार आगामी २० वर्षसम्म नेपालले तेस्रोपक्षबाट नेपालले तेल किन्न पाउँदैन ।
–नागरिक दैनिकबाट
भिडियो हेर्न तल क्लिक गर्नु होस




0 comments
Write Down Your Responses