दुनियाकै विचित्र गाउँ : जहाँ १२ बर्ष पश्चात केटीहरु स्वत केटा हुने गर्दछन
सुन्दैमा अपत्यारिलो लाग्ने यो विचित्रको घटना कुनै काल्पनिक घटना होइन  ।डोमिनिकन रिपब्लीकमा रहेको एउटा गाउको वास्तविकता हो । जहाँ केटी मानिस किशोरावस्थामा आउने वितिक्कै केटा बन्न पुग्दछिन ।
यो गाउँमा केटिहरु किशोरावस्थामा पुगेपछि केटा बन्नुलाइ सामान्य रुपमा लिइन्छ । त्यसको रहस्य चाहि यस्तो रहेछ । त्यहाँका हरेक बच्चाहरु जन्मदा खेरि नै एक प्रकारका बिमारी लिएर जन्मिने रहेछन । जुन बिमारीले गर्दा उनिहरुको लिङ्ग यति सानो हुदो रहेछ कि उनिहरुलाइ महिला हो कि पुरुष हो भनेर छुट्याउन नै मुश्किल हुने रहेछ ।
डाक्टरहरुका अनुसार यस्तो हुनुमा गर्भावस्थाको समयमा आनुवंशिक विकारहरुको कारणले बच्चाहरुमा आवश्यक इन्जाइम प्राप्त हुन सक्दैन । यसैका कारण डिआइड्रो टेस्टोस्टोरन नामक पुरुष सेक्स हार्मोन ठीक संग बन्न सक्दैन । यसै बिरामीको कारणले गर्दा १२ बर्ष पछि लिङ्ग पूर्णरुपले विकसित हुने गर्दछ ।
यस्तै बिमारीबाट पिडित २४ बर्षीय जाँनी ले भनिन “लिङ्गकै कारणले मेरा बुवा आमाले बर्षौसम्म मलाइ केटी भनेर त्यहि अनुसारको व्यवहार गर्दै पालन पोषण गरे वास्तवमा पछि मात्र थाहा भयो म केटा थिएँ ।”
बीबीसी सँगको एक कुराकानीमा उनले भनिन “मलाइ स्कर्ट लगाएर स्कुल जानु केटीहरुको जस्तो व्यवहार गर्नु राम्रो लाग्दैनथ्यो मलाइ केटाहरुसँग खेल्न बढि मन पर्दथ्यो । जव म पूर्णरुपले केटाको जीन्दगी बिताउन थाले तव मात्र मलाइ जीन्दगीको आनन्द आउन थाल्यो ।”



भिडियोको लागि तल क्लिक गर्नुहोस् :


0 comments

Write Down Your Responses

Powered by Blogger.