महिलालाई पुरुषको अति नै मन नपर्ने : नाके–रौं
तपाइको नाकका प्वालबाट रौं निस्किरहेका त छैनन् ?
यस्तै सानो हेलचेक्र्याइले कतै तपाईं पनि महिलाको घृणाको पात्र बनिरहनुभएको पो छ की !
जबकी, नाकबाट निस्किएका रौंहरु जुँगा जस्तै देखिन्छन् । र, महिलाका लागि सबैभन्दा नराम्रो लाग्ने पुरुषको यही चिज भएको एक सर्वेक्षणले देखाएको छ ।
‘वोमन्स हेल्थ’ म्यागेजिनले आफ्ना ४ सय पाठकमाझ हालै गरेको अनुसन्धानले पुरुषको अनुहारमा देखिने नाकको रौं (नोस्ट्रिल हेयर) सबैभन्दा नराम्रो र कुरुप लाग्ने तथ्य देखाएको हो ।
यसले पुरुषलाई अति कुरुप देखाउने उत्तरदाताहरुले बताएका हुन् ।
बारमा भेटिने केही पुरुषहरुमा श्वास गन्हाउने वा नाकको प्वालमा रौं पलाएको मध्ये कुन चाहीँ पुरुष उचित लाग्छ ?
भन्ने प्रश्नमा आधाभन्दा बढी महिलाहरुले नाकबाट रौं निस्किएको पुरुषको अनुहार भन्दा त श्वास गन्हाउने पुरुष नै वेश भन्ने उत्तर दिए ।
साथै त्यस्तो रौंले पुरुषलाई बुढो र कुरुप देखाउने उनीहरुको तर्क थियो ।
यद्यपी, हलिउडस्टार एन्जेलिना जाेलीका श्रीमान ब्राड पीट युवतीहरूकाे राेजाइका पुरूष मध्येमा मानिन्छन् । धेरै युवतीकाे अाइडल पुरूषका रूपमा पनि चिनिन्छन उनी ।
तर, उनकाे पनि नाककाे प्वालबाट प्रशस्त राैंहरू निस्किएका हुन्छन् । उनले पनि यस्ता सामान्य कुरामा खासै ध्यान दिएकाे पाइदैन ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् :




0 comments
Write Down Your Responses