पत्नी पनि पतिले खेलाउन पाउने लाइसेन्स होइन
रातमा अश्लील लगाउने !

सधैँजसो म उसलाई सम्झाउने कोशिस गर्थेँ, कि मलाई शारीरिक सम्पर्कको कुनै इच्छा छैन । तर ऊ मेरो इच्छालाई बेवास्ता गर्दै जबर्जस्ती गर्थ्यो । म के नै गर्न सक्थेँ र उसको विरुद्धमा रु चुपचाप रहन्थे ।

२५ वर्षीया एक विवाहित युवतीले आफ्नो वैवाहिक यौनहिंसाको कथा यसरी सरु गरिन्  । उनले दुखेसो पोख्दै भनिन्,‘विवाहपछि आफ्नी स्वास्नीसँग आफूले चाहेको बेलामा शारीरिक सम्पर्क राख्न पाउनु आफ्नो अधिकारका रूपमा मान्ने सोचाइ भएको यो समाजलाई कसरी काहाँबाट सम्झाउने उनले भनिन् ।

उनले थपिन मैले सम्झाउँदैमा किन मान्थ्यो र उ ? मलाई ऊ आफ्नो जुत्ता बराबर पनि गन्दैनथ्यो । मेरो सोचाइ, मेरो इच्छा, आकाङ्क्षा केहीको पनि ख्याल गर्दैनथ्यो ।

तर पनि म आवाज उठाउन सक्दिन । किनकि यसबारे कसैसँग केही कुरा गरे आफ्नै बेइज्जत हुन्छ । समाजले थाह पाए मलाई नै नराम्रो दृष्टिले हेर्छ, त्यसैले पनि म यो पीडा सहेर बस्न बाध्य छु ।’


उनीमात्र होइन, तराईकी २२ वर्षीया एक युवती जसको विवाह भएको एक वर्ष पनि पुगेको छैन, उनी पनि यस्तै वैवाहिक यौनहिंसाको शिकार बन्न पुगेकी छिन् । उनी सोच्छिन्, ‘यदि म शिक्षित भएकी भए यसको विरोध गर्न सक्थेँ की ?’ तर उनमा हिम्मत छैन आफ्नो लोग्नेको विरुद्धमा बोल्ने ।


‘अरु बेला त सहेकै थिएँ, तर महिनावारी भएको बेलामा समेत उसले मलाई छाड्दैनथ्यो । यस्तो कुरा कोसँग गएर भन्ने ? कसरी भन्ने ? कहिलेकाहीँ त त्यो हिंसाबाट केही दिन भएपनि जोगिनका लागि माइती पनि जाने गर्थें, तर कति दिन माइती गएर बस्नु ?

विवाह भएका सुरुका दिनहरूमा उसले मसँग जबरजस्ती गर्दैनथ्यो, विस्तारै-विस्तारै ऊ परिवर्तन भएको मैले महसुस गर्न थालेँ । रातमा अश्लील फिल्महरू हेर्ने र मलाई पनि जबरजस्ती हेर्न लगाउने गर्थ्यो । अनि त्यही फिल्ममा देखाए जस्तै अनेकौँ तरिकाले मसँग यौन सम्पर्क गर्ने कोसिस गर्न थाल्यो ।’


‘सुरुमा त मैले त्यसको विरोध गरेँ, तर कतिन्जेल विरोध गरेर बस्न सक्थेँ र ? त्यसैले सधैँजसो हामीबीच झगडा परिरहन्थ्यो । म दिक्क भइसकेकी थिएँ, त्यसैले अहिले त म लोग्ने भनाउँदोलाई छाडेर माइतीमा नै बस्न थालेकी छु ।’


वातावरण, स्वास्थ्य, जनसङ्ख्या क्रियाकलापसम्बन्धी अनुसन्धान केन्द्र (कृपा०का अनुसार तुलनात्मकरूपमा वैवाहिक यौनहिंसामा पर्नेमध्येमा मुस्लिम समुदायका महिला सबैभन्दा बढी अर्थात् ४३ प्रतिशत रहेका छन् ।

यसैगरी थारु समुदायका ४० प्रतिशत, तामाङ समुदायका २२ प्रतिशत र ब्राहृमण, क्षेत्री समुदायका २० प्रतिशत महिला वैवाहिक यौनहिंसामा परेका कृपाले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले देखाएको छ ।
यस्तो यौनहिंसाका कारण महिलामा विभिन्नखालका शारीरिक तथा मानसिक समस्याहरू देखापर्ने गरेको छ ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा सरिता घिमिरेका अनुसार यौनहिंसामा परेका कतिपय महिलामा मानसिकरूपमा गम्भीर असरसमेत पर्ने गरेको छ । ती महिलामा तल्लो पेट दुख्ने, यौनाङ्ग सुन्निने, दुख्ने, पोल्ने, अत्यधिक रक्तश्राव हुनुका साथै गर्भावस्थामा समेत समस्या हुने गरेको छ ।


बाइस वर्षीया एक मुस्लिम महिलाले आफ्ना यी समस्याहरू परिवारका महिला सदस्यलाई बताउँदा उल्टै ‘चुप लागेर बस्, घरको काममा मात्र ध्यान दिने अरु कुरामा होइन’ भन्ने रुखो जवाफ पाएकी थिइन् ।
उनी भन्छिन्( ‘मेरा समस्या अहिले पनि यथावतै छन् ।

आफ्नो समस्या बताउँदा न मैले सहानुभूति पाएँ, न उपचार नै । आफ्नो समुदायका महिलाले नै यो समस्यालाई बेवास्ता गरिदिए, अन्य पुरुषबाट कसरी सहयोगको अपेक्षा गर्ने ?’


विवाह पत्नीको शरीर र यौवनलाई पतिले जसरी मनलाग्यो त्यसरी खेलाउन पाउने लाइसेन्स होइन भन्ने चेतना स्वयम् महिलामा पनि अझै स्थापित भइसकेको छैन भने अधिकांश पुरुष त आफ्नी पत्नीको शरीरलाई आफ्नै आधा अङ्ग (अर्धाङ्गिनी) मानेर मनपरी उपभोग गर्ने अधिकार आफूसँग सुरक्षित रहेको ठान्दछन् ।


यौनहिंसामा पर्ने सबैजसो महिलाले त्यसबाट बच्नका लागि केही न केही उपाय अपनाउने गरेको पाइन्छ । करिब ९० प्रतिशत महिलाले आफ्ना पतिलाई सम्झाउने गरेका छन् ।

कतिले यौनहिंसाबाट बच्नका लागि महिनावारी भएको बहाना गर्ने, बच्चालाई आफूसँग सुताउने, भिन्दै कोठामा सुत्ने, बिरामी भएको बहाना गर्नेजस्ता उपाय गर्छन् ।

तर तीमध्ये करिब ४९ दशमलव ४ प्रतिशत महिलामात्र त्यस्तो हिंसाबाट केही रुपमा बच्ने यरेका छन् ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् :


0 comments

Write Down Your Responses

Powered by Blogger.