यी आमा, जसले छोरीलाई ब्लु फिल्मको स्टार बनाउछुु भन्दै नांगो तस्बिर खिचिदिन्छिन्
‘पोर्न भिडियो’ नेपाली समाजमा वर्जित छ । यो हाम्रो समाजको लागि अप्रिय र अस्वीकृत बिषय हो । नजिकैको छिमेकी देश भारतमा पोर्न साइटमाथि नै प्रतिबन्ध छ । खुला भनिएका पश्चिमा देशमा पनि यो सहज विषय होइन । यदि नेपालमा कसैले ‘पोर्न भिडियो’मा खेल्ने कुरा गर्छ भने त्यो अचम्मको बिषय हो । यस्तै, अचम्मकी पात्र बनेकी छिन्, कञ्चनपुर महेन्द्रनगरकी अर्चना पनेरु ।
१७ वर्षीया अर्चनाले कानुन र समाजले वर्जित गरेको क्षेत्रको ‘स्टार’ बन्ने घोषणा गरेसँगै उनको आलोचना सुरु भएको छ । नांगा तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि एकाएक चर्चामा आएकी अर्चनाले ‘पोर्नस्टार’ बन्ने लक्ष्यको साथ तस्बिर सार्वजनिक गरेको प्रतिक्रिया दिएकी छिन् ।
अर्चनाको कुरा त नयाँ नै भयो । झन् नयाँ कुरा चहिँ के छ भने, उनको नांगो तस्बीर उनकै आमा(सुनिता पनेरु) ले खिचिदिएकी हुन् । एउटी आमाले छोरीलाई समाजको सम्मानित नागरिक बनाउने सपना देख्नुुपर्ने हो । तर, अर्चनाकी आमाले छोरीको नांगो तस्बिर खिचिदिन्छिन् । यी आमा, जसले छोरीलाई नांगो बनाएर तस्बिर खिचिन्छन्, सामाजिक सञ्जालमा पोष्ट गर्छिन् । र, खुलेआम भन्छिन्, ‘मेरो छोरीलाई पोर्नस्टार बनाएरै छोड्छुु ।’ उनै आमासँगको कुराकानी :
सुनिता पनेरु
अर्चनाकी आमा
तपाईंले छोरीको न्युड फोटोसुट गरिदिनुभएको कुरा सुनिन्छ, सत्य के हो ?
सत्य त्यही हो, जे तपाईंले सुन्नुभएको छ । मेरी छोरीको न्युड फोटोसुट मैले नै गरिदिएकी हुँ ।
किन नि ? यो गलत काम भएन ?कसरी गलत काम भयो ? मैले चोर्न, ढाँट्न वा मार्न सिकाएकी होइन । अरूको हत्या गर्नु पो गलत काम हो । आफ्नो स्वेच्छाले कसैलाई हानि–नगरी गरेको काम कसरी गलत हुन्छ ?
तर, नेपाली समाजले त यस्तो पचाउँदैन नि ?
हाम्रो समाजको कुरा नगर्नुहोस्, दुनियाँले के भन्छ भन्ने कुरामा मेरो चासो छैन ।
के छोरीलाई पोर्नस्टार नै बनाउने हो त ?
शतप्रतिशत, यसमा कुनै शंका नगरे हुन्छ । म मेरी छोरीको इच्छा जसरी पनि पूरा गरेरै छाड्छु ।
किन यस्तो निर्णय लिनुभएको ?
उसले जीवनभर विवाह गर्दिनँ भनेकी छे । उसको रुचि पोर्नस्टार बन्ने छ । मेरो आँखाले हेर्दा यो नराम्रो कामजस्तो पनि लागेन । त्यसैले मैले उसलाई स्वीकृति दिएँ ।
उनको नग्न तस्बिर तपाईंले नै खिच्नुभएको हो ?
हो, मैले नै घरमा फोटोसुट गरिदिएकी हुँ । यसअघि पनि म उसलाई सर्ट ड्रेसमा हिँडाउँथे ।
अर्चनाले तपाईंको करकापमा त यो सबै काम गरेकी होइनन् ?
मेरो करकापले कसरी ऊ त्यस्तो काम गर्न तयार हुन्छे ? यो उसको आफ्नै रहर हो । उसमा सनी लियोनीजस्तै बन्ने सपना छ ।
छोरीको निर्णयप्रति तपाईंलाई कुनै अफसोच छैन ?
बिलकुल छैन । पहिले स्कुलमा हुँदा पनि मैले उसलाई सर्ट ड्रेसमा नाच्न पठाएकी थिएँ । उसले स्कुलमा सर्ट ड्रेसमा डान्स गरेको देखेर कतिपयले नराम्रो माने । छोरी नाइन क्लासमा भएकै बेला प्रिन्सिपलले घर जाऊ भनेर पठाइदिए । मैले प्रिन्सिपललाई भने, मेरी छोरीको पढाइमा डिस्टर्ब नगर्नुहोस् ।
तर, अहिले त उनले पढ्न पनि पाएकी छैनन् नि ?
स्कुलका केही स्टाफले यस्तो काम गरिरहेका छन् र उनीहरूकै दबाबमा मेरी छोरीलाई रेस्टिकेट गरियो । मेरी छोरीले पढ्न पाइनन् । उसमा धेरै पढ्ने रहर थियो । एसएलसी दिएर फेसन डिजाइनिङ र एयरहोस्टेजको कोर्स गर्ने चाहना थियो ।
छोरीको नग्न तस्बिर इन्टरनेटमा भाइरल भएको छ, यसले तपाईंलाई केही असर गरेको छैन ?
यसले समाजमा उच्छृंखलता ल्याउँछ भन्नेहरू थुप्रै छन् नि ?
हाम्रो समाज कस्तो छ भन्ने कुरा सबैलाई थाहा छ । यदि कसैलाई उसको नेकेड तस्बिरले असर गर्छ भने त्यही कुरा किन हेर्नुपर्यो ?
यसमा तपार्इंको परिवारको त विरोध होला नि ?
मेरा दुई सन्तान र मबाहेक मेरा कुनै परिवार, आफन्त छैनन् । यी दुई सन्तानलाई म छुट्टै आश्रम बनाएर भए पनि हुर्काउँछु ।
-कान्तिपुर साप्ताहिकबाट
भिडियोको लागि तल क्लिक गर्नुहोस्




0 comments
Write Down Your Responses