उत्तरी नाका खोल्न चीनसँग पहल गर्नुपर्छः एमाले सचिव ज्ञवाली
भक्तपुर, ११  असोज । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले सरकारले तत्काल छिमेकी राष्ट्र चीनसँग छलफल गरी उत्तरतर्फको नाका खोल्न पहल गर्नुपर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज यहाँ गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो – “भारतले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्र मान्न नसक्दा अहिलेका समस्या आएको हो ।”
संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दी पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डविपरीत भएकाले नेपाल अन्तर्राष्ट्रिय समुदायमा जाने उहाँको भनाइ थियो ।



भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.