विदेशमा बस्ने नेपालीले भने, ‘भारतले नाकाबन्दी गरे एक वर्षको कमाई नेपाल सरकारलाई’
भारत सरकारप्रति असन्तुष्टी पोख्दै विदेशमा रहेका नेपालीहरुले भारतले नेपालमा नाकाबन्दी गरे एक वर्षसम्मको कमाई नेपाल सरकारले दिने भन्दै फेसबुक र ट्वीटरमा पोष्ट भईरहेका छन् ।
ब्याक अफ ईण्डिया भन्दै फेसबुक तथा ट्वीटरमा विदेशका रहेका नेपालीहरुले यस्तो धारणा सार्वजनिक गरेका हुन् । एक व्यक्तिले ट्वीटरमा लेखेका छन्, ‘ट्वीटरमा कति झुन्डिन्छस् ? भन्दै कराउँथ्यौ मेरी आमा, आज तिम्रो छोरो ट्विटरबाटै देशका लागि लड्दैछ !’ अर्का एक व्यक्तिले लेखेका छन्, ‘यदी नाका लगाएकै हो भने मेरो पनि एक वर्षको कमाई देशलाई कुर्वान ।’ भारतप्रति तिखो व्यंग्य गर्दै एक जनाले लेखेका छन्–”यो सिक्किम खाएको युग होईन । नाकाबन्दी लगाएर नेपाललाई तर्साउन २०४६ साल पनि होईन । यो #BackOffIndia युग हो ।”
नेपालमा जारी संविधानप्रति भारतले असन्तुष्टी राखेपछि यसको विरोधमा धेरै मानिसहरु देखिएका छन् । सामाजिक संजालमार्फत पनि धेरैले यसको चर्को विरोध गरिरहेका छन् । तर भारतले आसन्न निर्वाचनका सुरक्षाको कारण देखाउँदै सीमा नाकाहरुमा सुरक्षा व्यवस्था कडा गरिएको जनाएको छ ।
1 comments
Write Down Your Responses
September 23, 2015 at 3:38 AM
hami ksaile pani nepal ko sheer jhukna dine chainau. nepal ko laagi 1 barsako talab haami pani samarpan garna tayar chhau. nepal ko neta le khutta kamaunu bhayena .