नाकाबन्दी गरे भारतविरुद्ध युवा परिचालन गर्ने विप्लव माओवादीको चेतावनी

काठमाडौं, ६ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतले नेपालमा नाकाबन्दी गरे युवा दस्ता परिचालन गरी भारतविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै विप्लव माओवादीले असोज ३ गते घोषणा भएको संविधानमा असन्तुष्टि जनाएर भारतले सोही बाहनामा पुरै नेपालीलाई असर पर्नेगरी नाकाबन्दी गरे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको हो ।
नेपाली शासक वर्ग र नेपाली जनताबीचको सत्तासंघर्षको फाइदा उठाउँदै नेपालमाथि प्रभुत्व मजबुत बनाउने तथा नेपालको अखण्डतामाथि माथि बाधा पुर्याउने उद्देश्यले भारतीय शासक वर्गको हस्तक्षेप स्वीकार्य नहुने पनि विप्लवले जनाएका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.